किरण भट्टराई, साउन २३, काठमाडौँ । पूर्वका झापा, मोरङ र सुनसरीमा बिना अनुमति मेनपावर कम्पनीले सयौं अवैेधानिक शाखा कार्यालय र एजेन्ट कार्यालय खोली आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् । 

देशैभर म्यानपावरका त्यस्ता अवैध शाखा र एजेन्ट कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... किरण भट्टराई, साउन २३, काठमाडौँ । पूर्वका झापा, मोरङ र सुनसरीमा बिना अनुमति मेनपावर कम्पनीले सयौं अवैेधानिक शाखा कार्यालय र एजेन्ट कार्यालय खोली आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् । 

देशैभर म्यानपावरका त्यस्ता अवैध शाखा र एजेन्ट कार"/>

2026-09-24 06:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वमा मेनपावरका सयौं अवैधानिक शाखा कार्यालय सञ्चालनमा

किरण भट्टराई, साउन २३, काठमाडौँ । पूर्वका झापा, मोरङ र सुनसरीमा बिना अनुमति मेनपावर कम्पनीले सयौं अवैेधानिक शाखा कार्यालय र एजेन्ट कार्यालय खोली आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् । 

देशैभर म्यानपावरका त्यस्ता अवैध शाखा र एजेन्ट कार्यालय खोलिएपनि पूर्वमा भने त्यो सङ्ख्या अत्यधिक रहेको पाइएको छ । 

अहिलेसम्म काठमाडौँ उपत्यकाबाहिर ४७ स्थानमा शाखा कार्यालय सञ्चालन गर्न विभिन्न मेनपावरले वैदेशिक रोजगार विभागबाट अनुमति लिएका छन् । सुनसरीमा १३ र झापामा १२ कार्यालयले अनुमति लिएको भएपनि मोरङमा कुनैले अनुमति लिएका छैनन् । 

एजेन्ट कार्यालयको रुपमा खोलिएका कार्र्यालयले पनि आफूलाई शाखा कार्यालयकै शैलीमा सञ्चालनमा ल्याएका छन् । उनीहरुले बोर्डमा एजेन्ट कार्यालय भनेर लेखेका छैनन् । 

वैदेशिक रोजगार व्यवसायी सङ्घले एजेन्ट खारेज गर्ने निर्णय गरिसकेकाले स्वतः एजेन्ट कार्यालयसमेत अवैधानिक भएका छन् । एजेन्ट कार्यालयका स्वीकृति लिएकाहरुको पनि अधिकांशको म्याद सकिएको छ । 

वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्न प्रसाद पुडासैनीले आफूले केही समयअघि मात्रै जिम्मेवारी सम्हालेकाले यस विषयमा धेरै जानकारी नभएको राससलाई प्रतिक्रिया दिनुभयो । 

आफूले त्यस्ता शाखा कार्यालय सञ्चालनमा रहेको भन्नेबारे सुनेको र त्यसबारे विवरण मागेको जानकारी दिँदै उहाँले त्यस्ता कार्यालयमाथि कारवाही गर्ने दृढता प्रकट गर्नुभयो । 

श्रम तथा रोजगार मन्त्रालयले दुई महिनाअघि शाखा अधिकृत मोतीराम भुसालको नेतृत्वमा झापा जिल्लामा सञ्चालित अवैध मेनपावरको अवस्था बुझ्न समिति बनाएर अनुमगनका लागि पठाएको थियो । 

सो समितिले वैदेशिक रोजगार ऐन तथा नियमावली विपरीत सञ्चालन भइआएका तथा नवीकरण नगरेका शाखा र एजेन्ट कार्यालयहरु जिल्ला प्रशासन कार्यालयको सहयोग लिई तुरुन्त बन्द गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन तयार पारी मन्त्रालयलाई बुझाइसकेको छ । 

ऐन विपरीत त्यस्ता शाखा र एजेन्ट कार्यालयले विदेश जान चाहनेसँग पैसा उठाउने, राहदानी सङ्कलन गर्ने र आफै अन्तर्वार्ता लिने समेत कार्य गर्ने गरेका छन् । शाखा कार्यालले कुनै पनि आर्थिक कारोबार गर्न नपाउने प्रावधान विपरीत कतिपय शाखा कार्यालयले लेखा शाखा समेत राखेका छन् । 

एजेन्टहरुले आफै राहदानी सङ्कलन गर्ने, पूर्व स्वीकृति नलिइकनै सूचना पाटीमा र स्थानीय सञ्चारमाध्यममा विज्ञापन गर्ने गरेका छन् । 

यसरी सञ्चालन भइरहेका कार्यालयहरुमा शेर्पा इन्टरनेशनल, लक्की ओभरसिज, बिएम ओभरसिज, कोशी स्पिड मेनपावर, शिवाकोटी मेनपावर सर्भिसेज प्रालि, पाथिभरा ओभरसिज प्रालि, श्री क्रोमा इन्टरनेशनल, फ्लोरिड ह्युमन रिर्सोरेज प्रालि, अल असमाक्स कम्पनी प्रालिलगायत छन् । 

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विमल ढकालले ऐन अनुसार मेनपावरले एजेन्ट र शाखा कार्यालय खोल्न पाएपनि अनुमति पाएका भन्दा धेरैले पूर्वका ती जिल्लामा कार्यालय खोलेको स्वीकार गर्नुभयो । 

उहाँले भन्नुभयो – “अवैध शाखा कार्यालय खोलिएको भए तिनलाई कारवाही गर्नुपर्छ । त्यसमा सङ्घको समेत सहयोग हुन्छ ।” 

वैदेशिक रोजगारसम्बन्धी काम गर्दै आएको पिपुल फोरमका अधिवक्ता सोम लुइँटेल वैदेशिक रोजगार विभाग र स्थानीय प्रशासनको कमजोरीका कारण अवैध शाखा कार्यालय सञ्चालन भइरहेको बताउनुहुन्छ । 

उहाँका अनुसार वैदेशिक रोजगार ऐन २०६४ को दफा ४१ मा अनुमति विना शाखा कार्यालय खोलेमा विभागले प्रत्येक शाखाका लागि त्यस्तो अनुमति प्राप्त व्यक्ति÷संस्थालाई रु दुई लाखका दरले जरीवाना गरी उक्त कार्यालय बन्द गर्न आदेश दिने उल्लेख छ तर त्यसको कार्यान्वयनमा सरकार उदासीन देखिन्छ । 

पूर्वमा मात्रै होइन, पोखरा, बुटवल, नेपालगञ्जलगायत देशका विभिन्न भागमा अनुमति नै नलिई मेनपावरका अवैध शाखा कार्यालय ठूलो सङ्ख्यामा खुलेका छन् । 

चितवन र दाङमा हालै प्रहरी प्रशासनले यस्ता अवैध शाखा कार्यालयका सञ्चालकलाई पक्राउ गरेपछि त्यहाँ अहिले यस्ता कार्यालयहरु बन्द भएका छन् । 

तर पूर्वका जिल्लामा प्रशासनले आँखा चिम्लिदिएकै कारण यस्ता कार्यालयले खुलमखुल्ला अवैध कार्य गर्न पाइरहेका छन् । 

गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले भने अवैध शाखा कार्यालय सञ्चालकलाई कारवाहीका लागि श्रम तथा रोजगार मन्त्रालयबाट आग्रह आए अर्को दिन मै त्यस्ता सबै कार्यालय बन्द गराउन आफूहरु तयार रहेको प्रतिक्रिया दिनुभयो । 

यसअघि महानगरीय अपराध महाशाखाको टोलीले गतवर्ष फागुन १२ गते उपत्यकामा सञ्चालित १८ मेनपावर कार्यालयमा छापा मारेर केही सञ्चालकलाई पक्राउ गरेपछि करिब एक हप्ता पूर्वमा ती अवैध शाखा कार्यालय बन्द गरिएका थिए । ती कार्यालय एक हप्तापछि पुनः सञ्चालनमा आएपनि वैदेशिक रोजगार विभाग र स्थानीय प्रशासन चुपचाप बसेको देखिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी