2026-10-16 09:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारमा रहेका नेपालीहरुलाई अत्यन्त जरुरी सूचना

चैत १२, काठमाडौँ । कतार सरकारले कोरोनाभाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरेको छ । बुधबार कतारको संकट व्यवस्थापनको लागि सर्वोच्च समितिले शुक्रबार देखि लागुहुने गरी नयाँ स्वास्थ्य सतर्कताका मापदण्ड जारी गरेको हो । 

कतार सरकार, मन्त्रिपरिषदले २६ मार्च २०२१ देखि लागु हुने गरी कतारमा बस्ने सबै कतारी नागरिक तथा अन्य बासिन्दाले सतर्कता र सुरक्षाका सम्बन्धमा पालना गर्नु पर्ने ३३ बुँदे विभिन्न प्रकारका निर्देशनहरु जारी गरेको कतार स्थित नेपाली दूतावासले जनाएको छ । 

जारी गरेको मापदण्ड अनुसार सरकारी तथा निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुले बैठक गर्नुपर्दा स्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण प्रक्रिया अवलम्बन गर्दै ५ जना भन्दा बढी उपस्थित हुन नपाईने भएको छ । यस्तै अनावश्यक रुपमा सामाजिक भेटघाट नगर्ने र घर भित्र वा बन्द स्थानमा ५ जना भन्दा बढी भेला हुन नपाईने भएको छ । 

कतारभित्र रहेका सबै सार्वजनिक पार्क, सार्वजनिक स्थलहरु, कर्निस लगायत अन्य सार्वजनिक स्थलहरु बन्द हुने र यस प्रकारका स्थानहरुमा एकै परिवारका २ जना भन्दा बढी जान नपाईने भएको हो । 

यस्तै व्यापारिक भवनहरुमा हुने क्रियाकलापलाई ३० प्रतिशत सिमित गरिएको र १२ वर्ष भन्दा कम उमेरका बालबच्चाहरुलाई त्यस्ता स्थलमा जान बन्देज लगाईएको, साथै कतारमा रहेका परम्परागत बजार र थोक बजारमा पनि यही नियम लागु गरिएको छ । 

सवारी साधनमा वा गाडी प्रयोग गरी घरबाट बाहिर निस्कँदा सवारी साधाना मास्क अनिवार्य लगाउनै पर्ने तर सवारी साधानमा एक जना मात्र भए मास्क नलगाए पनि हुने, सवारी साधनमा चालकसहित ४ जना भन्दा बढी यात्रा गर्न नपाईने,घरबाट कुनै पनि कामका लागि बाहिर निस्कँदा चालु अवस्थामा रहेको EHTERAZ application हुनै पर्ने जस्ता मापदण्ड लागु गरेको हुँदा पालना गर्न अनुरोध गरेको छ । 

यस्तै कतार सरकारले समय समयमा जारी गर्ने निर्देशनहरुको पूर्ण पालना गरी कोभिड-१९ को संक्रमणबाट सुरक्षित रहन तथा नियमहरुको उल्लंधनबाट भोग्नुपर्ने दण्ड जरिवानाबाट समेत जोगिन दूतावासले भनेको छ । 

No description available.

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु