2026-10-16 09:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समाचार प्रभाव : वायोमेट्रिक हाजिरी परीक्षण नमिले नयाँ वर्षबाट विदेश उड्न नपाइने

मनोज पराजुली । चैत्र १८, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको वायोमेट्रिक हाजिरी परीक्षण नमिले आगामी बैशाख १ गतेबाट श्रमिकहरु विदेश उड्न नपाउने भएका छन् ।

वैदेशिक रोजमार विभागले बुधबार एक सूचना जारी गर्दै अन्तराष्ट्रिय विमानस्थलको श्रम कक्षमा बायोमेट्रिक हाजिरी नमिलेमा श्रमिकहरुलाई विमानस्थलको श्रम कक्षबाट नै फर्काइने जनाएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने वा नक्कली बायोमेट्रिक लिई गएमा श्रम कक्षबाट नै फर्काइने विभागका महानिर्देशक कुमारप्रसाद दहालले साझा सवाललाई जानकारी दिए ।

साझा सवाल डटकमले सेटिंङ्गमा अभिमुखीकरण तालिम, वायोमेट्रिक हाजिरी परीक्षण बिना नै विमानस्थलबाटै विदेश जान छुट ! शीर्षकमा  समाचार प्रकाशन गरेको थियो । सो पश्च्यात विभागले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली. २०६४ उपनियम ( २०) मा वैदेशिक रोजगारीमा जाने कामदारले वैदेशिक रोजगारमा जानु पूर्व तोकिए बमोजिमको अभिमुखीकरण तालिम लिनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । अभिमुखीकरण तालिम दिने संस्थाले तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायोमेट्रिक हाजिरी गराई वैदेशिक रोजगार वोर्डले स्वीकृत गरेको पाठ्यक्रम अनुसारको तालिम दिई हाजिरी बिवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालि (FEIMS) मार्फत उपलब्ध गराउने व्यवस्था छ। तर पछिल्लो समयमा विभागले गरेको अनूगमनमा समेत अनिवार्य रुपमा लिनुपर्ने अभिमुखीकरण तालिम नलिई तालिमको प्रमाणपत्र मात्र लिने/दिने गरिएको, तोकिएको समयभित्र तालिम नलिएको तथा अकैं व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराएको/लिएको पाइएको थियो ।

त्यस्तै विमानस्थलको श्रम कक्षवाट वैदेशिक रोजगारीमा जाने कामदारहरुको बायोमेट्रिक हाजिरी विवरण व्यक्ती स्वयंको उपस्थितीमा Matchगराउँदा आधिकारिक नभएको पाइएको थियो  ।

नक्कली बायोमेट्रिक प्रयोग गर्दा इन्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट बध्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पून: श्रम स्वीकृती प्राप्त गर्न कठिन हुने र गन्तव्य मुलुक सम्बन्धी जानकारी, वैदेशिक रोजगार सम्बन्धी कानून तथा अन्य आवश्यक कानून सम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हक अधिकारका विषयवाट समेत बच्चित हुन जाने भएकोले सचेत हुन विभागले अनुरोध गरेको छ ।

सेटिंङ्गमा अभिमुखीकरण तालिम, वायोमेट्रिक हाजिरी परीक्षण बिना नै विमानस्थलबाटै विदेश जान छुट !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु