काठमाडौं, २४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले टेलिफोन गरी साउदी अरब र श्रीलङ्कामा अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत र नेपाल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं, २४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले टेलिफोन गरी साउदी अरब र श्रीलङ्कामा अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत र नेपाल "/>
2026-10-15 08:03 AM
काठमाडौँ - KTM

साउदी र श्रीलङ्कामा अलपत्र नेपालीलाई तत्काल ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालले टेलिफोन गरी साउदी अरब र श्रीलङ्कामा अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत र नेपाल आउने वातावरण निर्माण गर्न निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्री दाहालले आज परराष्ट्र सचिव शङ्करदास बैरागीलाई टेलिफोन गरी नेपाली नागरिक विदेशमा अलपत्र पर्नु स्वभाविक नभएको र नेपालीले कुनै पनि रुपमा दुःख पाउन नहुने भन्दै तत्काल स्वदेश फर्काउन निर्देशन दिनुभएको हो । 

प्रधानमन्त्रीले निर्देशनमा भन्नुभयो, ‘‘साउदी अरबमा सयौँ नेपाली र श्रीलङ्कामा ४५ जना नेपाली महिला अलपत्र परेको समाचार आएको छ । यथार्थ बुझेर तुरुन्तै उनीहरुलाई राहत, रोजगारीको व्यवस्था र नेपाल फर्कने व्यवस्था गर्नुस् ।’’ 

प्रधानमन्त्रीले सम्बन्धित देशको सरकार र दूतावाससँग समन्वय गरी यथाशीघ्र उनीहरुलाई त्यही रोजगारीको व्यवस्था गर्न र त्यसो नभए सरकारी खर्चमै नेपाल ल्याउन पनि निर्देशन दिनुभएको हो । 

साउदी अरब र श्रीलङ्कामा दर्जनौं नेपाली अलपत्र परेको, उनीहरु भोकभोकै रहनु परेको र सामान्य मानवीय सेवासमेत प्राप्त नभएको भन्ने गुनासो आएपछि प्रधानमन्त्रीले उनीहरुलाई फर्काउन चासो लिनुभएको हो । 

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रधानमन्त्रीले विश्वका कुनै पनि मुलुकमा नेपाली नागरिकले दुःख पाउनु कुनै हालतमा पनि क्षम्य नभएकाले तत्काल फिर्ता गराउन वा समस्याको समाधान गर्न निर्देशन दिनुभएको छ । 

जवाफमा परराष्ट्र सचिवले प्रधानमन्त्रीको निर्देशन तुरुन्तै कार्यान्वयन गर्ने बताउनुभयो । सचिव बैरागीले प्रधानमन्त्रीको निर्देशनलगत्तै सम्बन्धित मुलुकमा रहेको नेपाली दूतावास र सम्बद्ध अधिकारीलाई समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको प्रधानमन्त्रीको कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने