2026-10-16 09:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिर्तामोडको म्यानपावर शाखामा छापा, महानिर्देशक दहाल भन्छन् ‘मनपरीको हद’

चैत १९, बिर्तामोड | वैदेशिक रोजगार बिभागले झापाको बिर्तामोडमा अनुगमन गरेको छ । बिभागबाट शाखा अधिकृत मात्रिका सापकोटा नेतृत्वको टोलीले गरेको अनुगमनको क्रममा ह्युमर ओभरसिजले बिर्तामोडमै दुई शाखा खोलेर काम गरिरहेको फेला परेको छ ।

ह्युमर ओभरसिजको बिर्तामोडमा एक मात्र आधिकारिक शाखा कार्यालय आधिकारिक हो । बिभागको रेकर्ड अनुसार उक्त शाखा कार्यालयका संचालक अनिल कुमार बिहानी हुन् । जुन बिर्तामोडको अतिथिसदन रोडमा संचालित छ ।

तर बिर्तामोडको शनिस्चरे रोड स्थित ग्लोबल आइएमई बैंकको अपोजिट ह्युमर ओभरसिजले अर्को अवैध शाखा कार्यालय संचालन गरिरहेको बिभागले अनुगमनको क्रममा फेला पारेको छ । उक्त शाखामा केहिदिन अघिसम्म म्यानपावरको बोर्ड राखिएको भएपनि बिभागले अनुगमनलाई तिब्रता दिएका कारण हटाएको हुनसक्ने तर कार्यालय भने अहिले पनि संचालनमै रहेको अनुगमनको क्रममा भेटिएको छ । उक्त अवैध शाखा संचालनको लागि म्यानपावरका संचालक सुरज महर्जन र थुम प्रसाद थापा बीच २०७६ साउन २ गते सम्झौतानै भएको समेत बिभागले फेला पारेको छ । 

बिर्तामोडमा शाखा संचालनको लागि थुमप्रसाद थापाले ७ लाख धरौटी बुझाउनुपर्ने र प्रति महिना एक लाख पचास हजार ह्युमर ओभरसिजलाई तिर्नुपर्ने शर्त उल्लेख छ । साथै उक्त सम्झौतामा ह्युमर बाहेक अन्य म्यानपावरको डिमाण्डमा समेत काम गर्न पाउने सर्त उल्लेख छ । सर्त अनुसार ह्युमर बाहेक अन्य म्यानपावरको डिमाण्डमा काम गर्दा कामको सम्पूर्ण जिम्मा थापा आफैले जिम्मेवारी लिनुपर्ने उल्लेख छ ।

बिभागका शाखा अधिकृत मात्रिका सापकोटाका अनुसार कुनै पनि म्यानपावरको शाखा कार्यालयले आफ्नो म्यानपावरको डिमाण्डमा बाहेक काम गर्न पाउँदैन । तर म्यानपावरका संचालकले नै शाखा कार्यालयको दुरूपयोग हुने गरि सम्झौता सर्त उल्लेख गरिदिएको पाइएको छ । शाखा अवैध भएपछि बिभागले उक्त शाखा बन्द गराएको छ ।

यसै बिषयलाई वैदेशिक रोजगार बिभागका महानिर्देशक कुमार प्रसाद दहालले ‘वैदेशिक रोजगार क्षेत्रमा मनपरीको हद’ भएको संज्ञा दिएका छन् । यसअघि बिभाग काठमाडौँ मात्र केन्द्रित हुँदा उपत्यका बाहिर मनपरी भएको दहालले साझा सबाल मिडियालाई जानकारी दिए । एकै म्यानपावरले आफूखुसि एकै स्थानमा दुई शाखा चलाएर ऐन नियम बिपरित काम गरेको विषयको सन्दर्भमा दहालले भने ‘उपत्यका बाहिर कसले के गर्छ र ? भन्ने सोचको पराकाष्टा हो यो । बेला-बेलामा अनुगमन नगर्दाखेरी यस्तो समस्या देखिएको हो । अर्को कुरा उनीहरु आफै पनि नैतिकताभित्र छैनन् भन्ने देखिन्छ ।’ 

दहालका अनुसार बिर्तामोडको अवैध शाखा चलाउने व्यक्तिलाई फौजदारी मुद्दा अन्तर्गत व्यक्तिगत ठगि अन्तर्गत कारवाही हुन्छ । साथै उक्त काम गर्न अनुमति दिने म्यानपावरलाई समेत कारवाही हुने दहालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु