2026-10-16 09:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवैध रूपमा ओमानमा बसेका विदेशी नागरिकलाई निशुल्क घर फर्कने अवधि थप

चैत २०, काठमाडौँ । ओमान सरकारले अवैध रुपमा बसेका विदेशी नागरिकलाई निशुल्क घर फर्कने अवधि थप गरेको छ । ओमानको श्रम मन्त्रालयले भिसाको म्याद/आवासीय परिचयपत्रको अवधि समाप्त भई अवैध रूपमा बस्दै आएका विदेशी नागरिकलाई घर फर्कने अवधि थप गर्ने निर्णय गरेको हो । 

विदेशी नागरिकहरूले निःशुल्क रूपमा कानूनी प्रकृया पुरा गरी स्वदेश फर्कनको लागि ओमानको श्रम मन्त्रालयको दर्ता प्रणालीमा सहभागी हुन पाउने अवधि बढाएर ३० जून, २०२१ सम्म कायम गरेको त्यहाँको श्रम मन्त्रालयले जनाएको छ । 

 सरकारले गैर कानूनी रूपमा बस्दै आएका विदेशी नागरिकहरूलाई निःशुल्क कानूनी प्रक्रियामा सहभागी गराउने प्रयोजनका लागि पहिलो पटक डिसेम्बर ३१, २०२० सम्ममा दर्ता गर्न सकिने प्रावधानलाई बढाएर मार्च ३१, २०२१ सम्मको म्याद थप गरेको थियो ।

 विश्वव्यापी महामारीका कारण सो प्रक्रियामा केही व्यवधान आएकाले दर्ता प्रक्रियामा सहभागी हुन पाउने अवधिलाई बढाएर ३० जून, २०२१ सम्म कायम गरेको व्यहोरा ओमान स्थित नेपाली दूतावासले जनाएको छ । ओमानमा अवैध रूपमा काम गर्दै आएका नेपाली श्रमिकहरुलाई सो अवसरको सदुपयोग गरी निःशुल्क रूपमा कानूनी प्रकृया पूरा गरी नेपाल फर्कन दूतावासले अनुरोध गरेको छ । 

उक्त विषयमा थप जानकारीका लागि दूतावासको ७१५९२४९० वा ७१५९२५०६ नम्बरमा सम्पर्क गर्न सकिनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु