2026-10-16 09:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा ज्यान गुमाएका १५ श्रमिकको शव नेपाल ल्याइयो

चैत २४, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका  श्रमिकको शव स्वदेश ल्याइएको छ । 

आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२  वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एकवटा शव एकैपटक  ल्याइएको हा ।

यसअघि गत माघमा मलेसियाबाट  १८ वटा शव नेपाल एयरलाइन्सबाट ल्याइएको  थियो । त्यसो त  चालू आर्थिक  वर्ष  २०७७÷०७८  को पहिलो नौ महिनामा  मलेसियाबाट मात्रै  २१९ वटा शव आएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार चालू आर्थिक वर्षमा मात्रै वैदेशिक रोजगारीका क्रममा ज्यान  गुमाएका १६ महिलासहित  ६१५ जनाको शव स्वदेश ल्याइपुगेको छ ।

गएको साउनदेखि  चैत  २२ गतेसम्म  वैदेशिक रोजगारीमा  गएकामध्ये  त्यो  सङ्ख्याले  रोजगारीकै सिलसिलामा ज्यान गुमाएकाको शव  स्वदेश ल्याइएको   बोर्डका निर्देशक दीनबन्धु सुवेदीले जानकारी  दिए 

बोर्डका  अनुसार  सो  अवधिमा साउदी  अरबबाट  १७०  वटा  र  कतारबाट  ९५  वटा शव  आएका  छन् ।  यस्तै  सो  अवधिमा  संयुक्त  अरब इमिरेट्स (युएई) बाट ४६ वटा शव आए भने कुवेत २४ वटा, बहराइनबाट ११ वटा शव नेपाल आइपुगेका छन्  ।

त्यसैगरी  यस  अवधिमा  दक्षिण  कोरियाबाट पाँचवटा  शव  आइपुगे  भने  जोर्डनबाट  तीनवटा  र साइप्रस दुईवटा शव आएको बोर्डले जनाएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु