2026-10-16 09:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार गएर पाँच महिना काम गरेको तलब म्यानपावरलाई ! बिभागद्वारा छापा (भिडियो सहित)

चैत २९, काठमाडौँ | वैदेशिक रोजगार विभागले आज काठमाडौंको बुद्धनगरस्थित रेड कोरल एसोसिएट म्यानपावरमा छापा मारेको छ । पीडितसँग मासिक ९०० रियाल तलब कमाई हुने कामको लागि जान म्यानपावरले चर्को लागत लिंदै गर्दा विभागले छापा मारेको हो ।

अघिल्लो बर्षनै अग्रिम २० हजार लिएर लामो प्रयासमा वैदेशिक रोजगारमा जान लागेका एक युवालाई काठमाडौँको बुद्धनगरमै रहेको म्यानपावरले चर्को लागत मागेको थियो । विदेश गएर पाँच महिनासम्म काम गरेको तलब म्यानपावरलाई लागतकै नाममा बुझाउनुपर्ने भएपछि पीडितले बिभागलाई पूर्वसूचना दिएका थिए । त्यसपछि विभागको टोली उक्त म्यानपावर पिडित युवासंगै पुगेको थियो ।

सरकारले कतार जान न्युनतम १० हजार लागत तोकेको भएपनि आफूले ५०/६० हजार दिन तयार रहँदा पनि म्यानपावरले चर्को लागत लाग्ने भनेपछि उजुरी दिन बिभाग पुगेको पीडित युवाले बताएका छन् । पीडतका अनुसार रेड कोरल एसोसिएट म्यानपावरले उनि सहित अन्य युवाहरुलाई प्रतिव्यक्ति एक लाख ३० हजारभन्दा धेरै लागत लिएको बताएका छन् । उनले भने ‘मनपरि हुँदो रहेछ, यही काममा अरु साथीहरुले २ लाखसम्म तिरेका छन् । उनिहरुले कतार गएर ८ महिना म्यानपावरले लिएको लागतकै लागि विदेशी भूमिमा जोतिनुपर्छ ।’ 

बिभागले छापा मारेसंगै उजुरीकर्ता युवाले आफूबाट अशुली भएको एक लाख १० हजार रकम फिर्ता पाएका छन् । साथै म्यानपावर मार्फत पीडितले वैदेशिक रोजगारमा जानको लागि आवश्यक पासपोर्ट सहित सम्पूर्ण कागजात प्राप्त गरेका छन् । पीडत युवाका अनुसार उनि आजै वैदेशिक रोजगारको लागि कतार उड्दैछन् । उनले भने ‘बिदाको दिन समेत नभनी वैदेशिक रोजगार बिभाग र मिडियाकर्मीहरुले मेरो लागि समय दिएकोमा धन्यवाद !’ 

सरकारले २०७२ मा कतार सहित बिभिन्न ७ देशमा जान बढीमा १० हजार लागत मात्र लिन पाउने नीति लिएपनि म्यानपावर व्यवसायीहरुले भने बिरोध गर्दै कम्तिमा एक महिनाको तलब लिन पाउने माग राख्दै आएका छन् । यता व्यवसायीहरुबीच भएको अस्वस्थ प्रतिष्पर्धाको कारण व्यवसायीकै माग अनुसार सरकारले एक महिनाको तलब सेवा-शुल्कको रुपमा लिन दिएपनि चर्को लागतको बेथिति भने नरोकिने स्पष्ट देखिन्छ । केहि डिमाण्डमा सरकारले तोकेकै लागतमा वैदेशिक रोजगारमा जान पाइएको भए पनि अधिकांश डिमाण्डमा वैदेशिक रोजगारमा जाने युवाहरुले अत्याधिक चर्को लागत तिर्न बाध्य भईराखेका छन् । 

भिडियो हेर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु