2026-10-16 12:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा नेपालीको लागि ३७० कोटा, कहिले हुन्छ छनौट ?

चैत्र ३०, काठमाडौं । ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा सन् २०२२ का लागि ३७० जना नेपाली छनौट हुने भएका छन् । सोमबार प्रकाशित एक सूचना अनुसार ब्रिटिस गोर्खाका लागि २ सय ३० र सिंगापुर पुलिसका लागि १ सय ४० जना छनौट हुने जनाइको छ  ।

गोखा भर्तीको प्रक्रिया ब्रिटिश सेनाको कानुन अनुसार सञ्चालन र छनौट योग्यतामा आधारित भएकोले केवल उत्कृष्ट उम्मेदवारहरू मात्र स्वीकार्य हुने जनाइएको छ । छनौट प्रक्रिया निशुल्क निष्पक्ष र पारदर्शी हुनेछ ।

भर्ति हुन इच्छुक पश्चिम र पूर्वका सबै उम्मेद्वारका लागि दर्ता, ब्रिटिस गोर्खा पोखरामा २० मे देखि ३० जुलाई २०२१ सम्म खुला हुनेछ । इच्छूक युवाहरुलाई उनीहरुको विशेष दर्ता मिति, जिल्ला, नगरपालिका र गाउँपालिका बारे वेवसाईट http://www.am.mod.uk/bgn द्वारा सूचित गराईने जनाइएको छ ।

गोर्खा भर्ति बारे जानकारीका लागि सामुदायिक ब्रिफिङ्ग १६-२३अप्रिल २०२१ का विच ब्रिटिस कोर्ट  क्याम्प पोखरा र ब्रिटिस क्वाम्य धरानमा आयोजना हुनेछ । ‘तालिम केन्द्रहरुको ब्रिटिशगोर्खा र गोखां कन्टिब्जेन्ट सिङ्गापुर पुलिस फोर्स संग कुनै सम्बन्ध नभएको जनाइको छ । तिनीहरू हाम्रो नियन्त्रण बाहिर रहेर व्यवसाय गर्दछन । प्रशिक्षण केन्द्रमा भर्ना हुनका लागि महँगो हुन सक्छ र गोर्खा  भर्तिमा सफलताको म्यारेन्टी छैन। यदी कसैले घुस दिएको थाहा पाएमा भर्ति हुनबाट संधैका लागि बन्चित गरिनेछ, सूचना भनिएको छ।’

भर्ति हुनका लागि कुनै पैसा लाग्ने छैन र तपाइले भ्रष्टाचारको कुनै पनि आरोपहरुको बारेमा सुन्नु भएको वा कसैले भर्ति लगाईदिन्छु भनि पैसा मागेमा पैसा नदिनुहोस् र स्थानीय प्रहरी  कार्यालयमा खबर गर्नुका साथै [email protected] इमेलको माध्यमवाट जानकारी दिन अनुरोध गरिएको छ । 

ब्रिटिस आर्मीमा भर्नाका लागि चाहिने योग्यता

१) वेलायती सेनाले ब्रिटिस गोर्खामा भर्ती हुनका लागि तेस्रो श्रेणीमा एसएलसी उत्तीर्ण अथवा कम्पार्ट पास भए पनि हुने जनाएको छ ।

२) नयाँ एसईई ग्रेडिङ प्रणालीमा न्यूनतम ३ सी र २ डी (अंग्रेजी र गणितमा सी गे्रडिङ अनिवार्य) ग्रेडिङ भएको हुनुपर्नेछ ।

३) उमेर सन् २०२२ १ जनवरी साल सम्ममा कम्तीमा १८ वर्ष पुगेको र बढिमा २२ वर्ष ननाघेका हुनुपर्नेछ । 

४) उचाई कम्तिमा १५८ सेन्टिमिटर हुनुपर्ने एवं बिएमआई १८–१८ हुनुपर्ने जनाइएको छ ।

५) छड्के आँखा भएको वा आँखा ठूलो सानो भएको स्वीकार्य नहुने सूचनामा उल्लेख छ । यसैगरी चश्मा, कन्ट्याक लेन्स, लेजर सर्जरी स्वीकार्य हुने छैन ।

६) दाँतमा दुईभन्दा बढी समस्या नभएको हुनुपर्नेछ । अगाडिको दाँत नक्कली, किराले नखाएको, भित्र वा बाहिर निस्केको र नखप्टेको हुनुपर्नेछ । भर्ती प्रक्रियामा दर्ता हुन मेशिन रिडेबल पासपोर्ट अनिवार्य आवश्यक पर्ने सूचनामा उल्लेख छ ।  थप जानकारीका लागि वैवसाइट: http://www.army.mod.uk/bgn मा हेर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु