2026-10-16 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएकाको जानकारी संसदलाई दिन गगन थापाको माग

चैत ३०, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले कोभिडको कारण रोजगारी गुमाएका र कोरियाको भाषा परीक्षा पास गरेर पनि जान नपाएका व्यक्तिहरुको अवस्थाबारे संसदलाई जानकारी गराउन माग गरेका छन्।

सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले कोरियामा काम गरेर विदामा आएर पनि फर्किएर जान नपाएका नेपालीहरुको अवस्था संसदलाई जानकारी गराउन माग गरेका हुन्।‘उद्योग, खुद्रा व्यापार, यातायात र सबैभन्दा बढी पर्यटन क्षेत्रमा लाखौं नेपालीले रोजगारी गुमाएका छन्। सरकारी तथ्यांकले भन्छ– वैदेशिक रोजगारीमा रहेका पनि लाखौंले रोजगारी गुमाएका छन्। उनीहरु नेपाल फर्किएका छन्, फेरि जान पाएका छैनन्’, सांसद थापाले भने, ‘उनीहरुको पुनस्थापना बारे यो चमत्कारी सरकार न केही सोच्छ न केही गर्छ।’

दक्षिण कोरियाको भाषा तथा सीप उत्तीर्ण गरेका करिब दश हजार पाँच सय र प्रतिबद्ध करिब दुई हजार कामदार महिनौंदेखि अलपत्र परेर काठमाडौंमा यत्रतत्र छरिएर बसेको उनको भनाइ छ।

उनीहरुको सरकारले बेवास्ता गरेको सांसद थापाको भनाई छ ।

‘फिलिपिन्स, माल्दिभ्स, श्रीलंकाको सरकारले गरेजस्तो पहलकदमी लिएको भए सायद उनीहरुले कोरिया जान पाइसकेका हुन्थे होलान्’, थापाले अगाडि भने, ‘भाषा तथा सीप परीक्षण उत्तीर्ण गरेका, घरविदामा आएर फर्किेएर जान नपाएका यी कामदारलाई कोरियामा रोजगारी पाउने सुनिश्चितताका सम्बन्धमा सम्बन्धित मन्त्रालयले ठोस काम गरेर यसको जानकारी सदनलाई गराउनको निम्ति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु