2026-10-16 09:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा वायोमेट्रिक हाजिरी परीक्षण नमिले बैशाख १२ बाट विदेश उड्न नपाइने

बैशाख १, काठमाडौं । वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम लिँदाको वायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा पनि आगामी बैशाख १२ गतेसम्म वैदेशिक रोजगारमा जाने कामदारलाई अवरोध नपुर्याउने जनाएको छ ।

विभागले मंगलबार विज्ञप्ति जारी गर्दै विभागले विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस) को स्तरोन्नति गर्ने कार्य जारी रहेको भन्दै बैशाख १२ सम्म हाजिरी नमिलेमा पनि नफर्काउने बताएको हो ।

अभिमुखीकरण तालिम लिँदाको वायोमेट्रिक हाजिरी नगराइएको विषयमा साझा सवालले सेटिंङ्गमा अभिमुखीकरण तालिम, वायोमेट्रिक हाजिरी परीक्षण बिना नै विमानस्थलबाटै विदेश जान छुट ! शीर्षकमा समाचार प्रकाशन गरेपछि विभागले गते चैत १८ गते एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा जाने कामदारले विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने गरेको वा नक्कली बायोमेट्रिक लिएको भए उनीहरुलाई वैशाख १ गतेदेखि विमानस्थलबाट फर्काउने बताएको थियो । 

वैदेशिक रोजगारीका लागि अनिवार्य गरिएको अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने दिने गरिएको, तोकिएको समयभित्र तालिम नलिएको तथा अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराइएको भेटिएपछि विभागले विमानस्थलको श्रम कक्षबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक हाजिरी विवरण व्यक्ति स्वयंको उपस्थितिमा मिलान गराउँदा आधिकारिक नभएको पाइएको थियो ।

विभागले नक्कली बायोमेट्रिक प्रयोग गर्दा बीमा तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकति प्राप्त गर्न नसक्ने तथा गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानून तथा अन्य आवश्यक कानूनसम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हकअधिकारका विषयबाट वञ्चित हुने भन्दै बायोमेट्रिकको  क्रसचेक गर्ने बताएको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा (२७) र वैदेशिक रोजगार नियमावली, २०६४ उपनियम (२०) अनुसार वैदेशिक रोजगारीमा जाने कामदारले प्रस्थानपूर्व अभिमुखीकरण तालिम लिई अभिमुखीकरण तालिम प्रदायक संस्थाले सम्बन्धित कामदारको बायोमेट्रिक हाजिरी गराई त्यसको विवरण विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीमा उपलब्ध गराउनु पर्ने प्रावधान छ ।

सेटिंङ्गमा अभिमुखीकरण तालिम, वायोमेट्रिक हाजिरी परीक्षण बिना नै विमानस्थलबाटै विदेश जान छुट !

समाचार प्रभाव : वायोमेट्रिक हाजिरी परीक्षण नमिले नयाँ वर्षबाट विदेश उड्न नपाइने

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु