2026-10-16 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

युएई भिजिट भिसा: बिभागद्वारा कन्सल्टेन्सीमा सिल, अलपत्र परेर फर्किए युवाहरु ! (भिडियो हेर्नुहोस)

अनिल अधिकारी । वैशाख ३, ललितपुर । कोरोना महामारीपछि वैदेशिक रोजगार सुस्ताएको मौका छोपेर केहि व्यक्तिहरुले वैदेशिक रोजगारको नाममा भिजिट भिसाको ठगि धन्दा चलाईरहेका छन् । यसरी धन्दा चलाउनेहरुले युवाहरुलाई आकर्षक कम्पनी र तलबको प्रलोभन पार्ने देखि कयौंलाई त भिजिट भिसा समेत नभनी ढाटेर युएई पुर्याई अलपत्र पार्ने गरेका छन् ।

युवाहरुलाई बिभिन्न प्रलोभनमा पारेर रोजगारको लागि भिजिटमा पठाउने गिरोहहरुले नेपालको एएरपोर्टमा समेत सेटिङ गर्ने गरेको पाइएको छ। यस्तै धन्दाको पर्दाफास गर्ने क्रममा आज वैदेशिक रोजगार बिभागले ललितपुरको बालकुमारीस्थित एक कन्सल्टेन्सीमा सिल गरेको छ ।टार्गेट इमिग्रेसन एण्ड एजुकेशन कन्सल्टेन्सी मार्फत वैदेशिक रोजगारको क्रममा रहेका कयौं युवाहरुलाई ठगि गरेको गुनाशो आएपछि बिभाग उक्त कन्सल्टेन्सीमा छापा मार्न पुगेको थियो।

वैदेशिक रोजगार ऐन अनुसार वैदेशिक रोजगारको इजाजत नपाएका कुनैपनि कन्सल्टेन्सीले वैदेशिक रोजगारमा पठाउन पाउदैनन् । वैदेशिक रोजगार बिभागको अनुगमन टोली उक्त कन्सल्टेन्सीमा पुग्दा कन्सल्टेन्सी बन्द थियो । बिभागले पिडितहरुबाट प्राप्त फोन नम्बरको आधारमा यसका संचालक राजीव न्यौपानेलाई फोन गर्दा केहि समयमा आउने भनेपनि लामो समयसम्म संचालक आएनन् । संचालक नआएपछि बिभागले उक्त कम्पनी सिल गरेको छ।

बिभाग उक्त कन्सल्टेन्सीमा छापा मार्न पुग्दा यसै कम्पनीको बाहिर र कम्पनीकै गेट अगाडी पीडतहरु समेत भेटिएका थिए । पीडित युवाहरु मध्ये कोहि भिजिट भिसामा युएई गएर अलपत्र भई फर्किएका छन् भने कोहि पोर्चुगल पठाईदिने नाममा ठगिएका छन् । छापा मार्न पुगेको अवस्थामा धादिङका दुई युवा पनि सोहि कार्यालयमै आई पुगेका थिए।  उनीहरुका अनुसार सोहि कन्सल्टेन्सीले उनीहरु सहितलाई क्रोएसिया पठाईदिने भनेर अग्रिम ५०/५० हजार रकम अशुली गरेको तर लामो समयदेखि पठाउन नसकेको बताएका छन् ।

बिभागले उक्त कन्सल्टेन्सीमा सिल गरेको र यसै कन्सल्टेन्सीले भिजिट भिसामा युएई पठाएर अलपत्र परि दुइ दिन अघि नेपाल फर्किएका १० जना युवाहरु सहित तयार पारिएको भिडियो रिपोर्ट तल हेर्न सक्नुहुन्छ:



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु