2026-10-16 08:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा रहेका नेपालीहरुका लागि दूतावासको अत्यन्त जरुरी सूचना

वैशाख ५, काठमाडौँ । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९ ) को संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सतर्कता अपनाउन कुवेत स्थित नेपाली दूतावासले अनुरोध गरेको छ । दूतावासले आइतबार एक सूचना जारी गर्दै कुवेत सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण परिपालना गरी उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन अनुरोध गरेको हो ।

‘हालैको समयमा कुवेतमा कोभिड १९ को संक्रमण दर बढिरहेको र सो रोगको संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत बढिरहेको जानकारी प्राप्त हुन आएको परिप्रेक्ष्यमा बढ्दो संक्रमणबाट जोगिन स्थानीय सरकारले अवलम्बन गरेबमोजिमको स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन, प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण परिपालना गरी उच्च स्वास्थ्य सुरक्षा एवं सतर्कता अपनाउनु हुन यस दूतावास कुवेतस्थित नेपाली समुदायलाई हार्दिक अनुरोध गर्दछ ।’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ,

‘कोभिड १९ संक्रमणविरुद्ध यहाँहरूले अपनाउदै आउनुभएका उपायहरू जस्तै सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने/नगर्ने, मास्क तथा पन्जाको प्रयोग गर्ने, शारीरिक स्पर्श नहुने गरी अभिवादन गर्ने, साबुन पानीले पटक पटक हात धुने वा Hand sanitizers ले नियमित रूपमा हात सफा गर्ने, खानपान लगायत स्वास्थ्य सरसफाईमा विशेष ध्यान दिनुहुन तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएको खण्डमा र रुघाखोकी, ज्वरो जस्ता कोरोनाका लक्षणहरू देखापरेमा नजिकैको स्वास्थ्य केन्द्र / अस्पतालमा तुरुन्तै सम्पर्क गर्नुहुन समेत हार्दिक अनुरोध गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु