2026-10-16 08:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरको बदमासी: अग्रिम अशुल्ने, बिभागलाई नटेर्ने !

वैशाख ७, काठमाडौँ | वैदेशिक रोजगारको क्रममा माल्टा पठाईदिन्छु भनि २०७५ मा बसुन्धारा स्थित क्यापिटल रिक्रुटमेन्ट सर्भिसका संचालक टंकप्रसाद सुबेदीले एक युवासँग अग्रिम अशुली गरे । 

माल्टा जान पाइने आशामा बाराका सुमन लामाले नविल बैंक मार्फत संचालक सुवेदीको खातामा दुई लाख डिपोजिट गरिदिए । पासपोर्ट पनि दिए । तर संचालक सुवेदीले लामालाई माल्टा पठाएनन् । बरु लामो समयदेखि पैसा फिर्ता दिने भन्दै झुलाईरहे । 

पिडित लामाका अनुसार उनिजस्तै धेरै युवाहरुलाई सुवेदीले यसरीनै झुलाईरहेका छन् । त्यसो त सुवेदी संचालक रहेको बसुन्धरा स्थित क्यापिटल रिक्रुटमेन्ट म्यानपावर अहिले पनि वैदेशिक रोजगार बिभागको कारवाहीको सूचीमै छ । बिभागले पिडितहरुको उजुरीको आधारमा म्यानपावरका कारोबार रोक्का गर्ने गर्छ । बिभागले म्यानपावर रोक्का राखेपनि म्यानपावरलाई देखाएर व्यक्तिगत तरिकाले वैदेशिक रोजगारमा पठाउने काम गरिरहेको आशंका गरिएको छ । 

माल्टा जान पाइने आशामा २०७५ देखि दुई लाख बुझाएर बसेका पिडित लामाले पैसा फिर्ता नपाएपछि झन्डै २ बर्ष पछि वैदेशिक रोजगार बिभागमा उजुरी दिन पुगे । उजुरी दिन पुगेका पिडितको उजुरीको आधारमा बिभागका एक अधिकारीले पटक-पटक म्यानपावरको नाममा तीन दिने, २४ घन्टे र ७ दिने पत्र पठाए पनि म्यानपावरले बिभागलाई टेरेन । 

पिडित भन्छन् ‘म आफ्नो पैसा फिर्ता पाउँछु कि भन्ने आशामा बिभाग गईरहन्थें । पछि केहि पार नलागेपछि बिभागमा महानिर्देशक सर कुमार प्रसाद दहालकहाँ गएर आफ्नो समस्या राखें । उहाँको पहल पछि मात्र एक लाख रकम फिर्ता पाएँ । त्यसपछि झन्डै एक महिना पछि थप ८० हजार फिर्ता पाएँ ।’ 

यो समाचार तयार पार्दै गर्दा बिभागमै रहेका पिडतको गुनाशो छ- ‘दुई बर्षको ब्याज र मैले वैदेशिक रोजगारको आशामा कुरेको समयको त हिसाव रहेन । अझै बाँकी २० हजार पैसा पाउने आशामा फेरी बिभाग आईपुगेको छु ।’ पिडितका अनुसार बिभागमा पुग्दा म्यानपावर गएर पैसा लिनु भन्ने अनि म्यानपावरमा पुग्दा जे कुरा हो बिभागमै हुन्छ भनेर झुलाईरहिएको छ ।

वैदेशिक रोजगार ऐन अनुसार इजाजतप्राप्त म्यानपावरले व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारमा पठाउन पाइदैन । यसरी काम गरेको प्रमाणित भए म्यानपावरको इजजात खारेजसम्मको कारवाही हुन्छ । तर नीति बिपरित अग्रिम अशुली र लामो समयसम्म वैदेशिक रोजगारमा पठाउन नसकेको प्रमाण सहित पटक-पटक उजुरी दिन पुग्दा समस्याको समाधान हुन सकेको छैन । नीति अनुसार अशुली गरेर विदेश पठाउन नसके बिभागले पिडितलाई जति पैसा उठाएको हो त्यसमा थप ५० प्रतिशत जरिवाना समेत थपेर पिडितलाई भराईदिने व्यवस्था छ । सम्बन्धित म्यानपावरका संचालकले इजाजत पाएको म्यानपावरलाई देखाएर व्यक्तिगत श्रम स्वीकृतिमा अहिले पनि कयौं युवाहरुलाई प्रलोभनमा पारेर पैसा उठाईरहेको पीडतले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु