2026-10-16 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेहरुको पिसिआर परीक्षण गर्न तोकियो अस्पतालहरु, हेर्नुहोस् सूचिसहित

बैशाख १२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालबाट विदेश जानेहरूका पिसिआर परीक्षण गर्न अस्पतालहरु तोकेको छ । मन्त्रालयले पिसिआर परीक्षण गर्न प्रयोगशाला भएका सरकारी अस्पताल र निजी क्षेत्रका छ वटा अस्पताल तोकेको हो। 

निजी अस्पतालहरूमा स्टार अस्पताल, ह्याम्स अस्पताल, मेडिसिटी अस्पताल, मनमोहन अस्पताल, टिचिङ हस्पिटल र यूनिभर्सल अस्पताल भैरहवा छन् । साथै मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने विदेशीहरूको पिसिआर परीक्षण नगर्न सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउनेगरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकहरूको परीक्षण नगराउन सूचना जारी गरेको छ। यसरी परीक्षण गर्न आएकाहरूबाट संक्रमण जोखिम बढेको मन्त्रालयको ठहर छ। त्यस्ता मानिसहरूको कुनै प्रयोगशालाले परीक्षण गरेमा नियम अनुसार कारवाही गरिने मन्त्रालयले जनाएको छ।

पछिल्लो समय भारतमा संक्रमण दर उच्च भएका कारण विभिन्न मुलुकहरूले हवाइ सेवा बन्द गर्दा त्यहाँका मानिसहरू नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने गरेका छन्। त्यसरी आएका मानिसहरूले नेपालमा पनि पिसिआर परीक्षण गराउँदै आएका थिए।अब भने मन्त्रालयले त्यसरी नेपाललाई ट्रान्जिट बनाएर आउने कुनै पनि विदेशी नागरिकको परीक्षण नगराउन सम्बन्धित सबै प्रयोगशालाहरूलाई निर्देशन दिएको हो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु