2026-10-16 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरिया रोजगारीमा जानेलाई बायोमेट्रिक लागू, खेताला परीक्षार्थीका दिन गए

वैशाख १४, काठमाडौँ | दक्षिण कोरिया जाने नेपाली श्रमिकका लागि रोजगार प्रक्रियाका सबै चरण अबदेखि बायोमेट्रिकमा हुने भएको छ । यो कार्यान्वयन गर्ने योजना सहित इपिएस शाखाले सम्पूर्ण तयारी पुरा गरिसकेको छ । 

वैदेशिक रोजगार बिभागबाट प्राप्त जानकारी अनुसार आगामी भाषा परीक्षादेखि बायोमेट्रिक लागू हुनेछ । यो निर्णयले खेताला परीक्षार्थी बनेर पास गराउने धन्दा चलाएकाहरुलाई भने तनाब हुने भएको छ । कोरिया जान चाहेकाहरुबाट चर्को अशुली गरेर एउटा व्यक्तिको नाममा अर्कै व्यक्तिले भाषा परीक्षा दिएर कोरिया पठाउने गरेपछि बायोमेट्रिक गराउन कोरियालेनै ध्यानाकर्षण गराएको थियो । त्यसै अनुसार कोरिया रोजगारीको परीक्षादेखि रोजगारीको लागि कोरिया पुग्दासम्मको चरणमा बायोमेट्रिक गर्नु पर्ने लागु भएको श्रम मन्त्रालयका आईटि प्रमुख राजु श्रेष्ठले साझा सबाललाई जानकारी गराएका छन्  ।

श्रेष्ठका अनुसार कोरिया जानको लागि भाषा परीक्षामा फारम भरेपछि परीक्षा दिनु अघि बायोमेट्रिक गर्नुपर्ने छ । त्यसपछि कोरिया रोजगारीमा पुग्दासम्म सोहि बायोमेट्रिकको आधारमा बिभिन्न चरणहरु श्रमिक प्रमाणीकरण हुनेछन् । यसरी प्रमाणीकरण हुँदा एक व्यक्तिले कोरियाको भाषा परीक्षा दिएर अर्कै व्यक्ति कोरिया पुग्ने सम्भावना हुँदैन । 

गत बर्ष रोजगारीका लागि दक्षिण कोरिया जाने अन्तर्गत ईपीएस भाषा परीक्षामा  खेताला परीक्षार्थी बनेर कमाउन पल्केका एक प्रशिक्षक पक्राउ परेका थिए । त्यस अघिपनि नक्कली परिक्षार्थीहरु पक्राउ परेका थिए । कोरिया पठाउने आश्वासन सहित यसअघि विभिन्न समयमा कोरियन भाषाको ईपीएस परीक्षाका कमजोर विद्यार्थीहरूलाई प्रभाव तथा प्रलोभनमा पारेर एक पटकको परीक्षा दिएवापत सात लाखसम्म असुलेको पाइएको थियो । यसरी काम गर्ने खेतालाई परीक्षार्थीको धन्दामा कति जना संलग्न छन् थाहा छैन तर अब भने परीक्षामा सहभागी हुनुअघि जसको बायोमेट्रिक गरिएको छ, सिस्टमले त्यसैलाई मात्र अन्य प्रक्रियामा प्रमाणित गर्ने हुँदा नक्कली परीक्षार्थी भाषा परीक्षामा उपस्थित हुने बाटोको अन्त्य भएको छ । 

विगतमा कोरिया भाषा परीक्षामा वास्तविक परीक्षार्थीको प्रवशेपत्रमा आफ्नो तस्वीर राखी परीक्षा दिएर खेताला परीक्षार्थीहरुले चर्को रकम अशुली गर्ने धन्दा चलाइरहेका थिए । बायोमेट्रिक परीक्षण लागू भएसंगै अब कोरिया भाषा परीक्षा लिने सबै सेन्टरहरुमा बायोमेट्रिक परीक्षणको व्यवस्था गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु