2026-10-16 08:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निषेधाज्ञाको समयमा वैदेशिक रोजगारीका के के प्रक्रिया रोकिन्छ, के रोकिंदैन ?

मनोज पराजुली । वैशाख १५, काठमाडौँ । कोरोना महामारीको दोश्रो लहर शुरु भएसंगै काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा लगाउने निर्णयले पुन: एकपटक वैदेशिक रोजगारीका प्रक्रिया प्रभावित हुने भएको छ । नेपाल सरकारले निर्णय अनुसार काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि १५ दिनको लागि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुनेछन् । जसले गर्दा वैदेशिक रोजगारीका प्रक्रिया प्रभावित हुने भएको हो ।  

वैशाख १६ देखि काठमाडौं उपत्यकामा सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना बन्द गर्ने निर्णय गरिएको छ ।  अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने हुँदा यसको प्रभाव वैदेशिक रोजगारीका लागि गरिने पुर्व तयारीमा समेत पर्ने देखिएको छ । 

के के प्रक्रिया रोकिन्छ ?

म्यानपावर कम्पनीहरुले लिने डिमाण्डको पुर्व स्वीकृति, छनौट प्रक्रियाको लागि लिने अन्तर्वार्ता लगायत प्रक्रिया प्रभावित हुने भएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएकै अवस्थामा म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागबाट पुर्व स्वीकृति लिएर गरिने श्रमिक छनौट प्रक्रिया प्रभावित हुनेछ । वैदेशिक रोजगार वोर्ड मार्फत हुने सीप तालिम, सीप परीक्षण लगायतका काम रोकिने छ ।

के रोकिंदैन ?

काठमाडौं उपत्यकामा लगाइने निषेधाज्ञाका कारण अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द भएपनि अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुले हवाई टिकट, पासपोर्ट, भिसा देखाएमा एयरपोर्ट जाने गाडी चलाउन पाइनेछ । वैदेशिक रोजगार विभागले आफ्ना कर्मचारीलाई आलोपालो प्रणालीमा राखेर सेवा प्रवाह नियमित गर्ने विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले साझा सवाललाई जानकारी दिए । विभाग र विभाग माताहतका कार्यालयबाट साविकमा जे जे काम हुँदै आएका थिए ति सबै सुचारु नै हुन्छ महानिर्देशक दवाडीले भने ‘प्राथमिकताका आधारमा काम सुचारु हुनेछन् ।’

वोर्डका सेवा अनलाइन मार्फत 

निषेधाज्ञाका समयमा वैदेशिक रोजगार वोर्डले आफना सेवा सेवा अनलाइन मार्फत प्रदान गर्ने भएको छ । वोर्डले निवेदन लिने, आर्थिक सहायता दिने काम अनलाइन मार्फत संचालन गर्ने  वोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले साझा सबाललाई बताए । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुको शव ढुवानी पूर्ववत रुपमै संचालन हुने उनले बताए ।

अन्तराष्ट्रिय उडान बन्द नभएको र श्रम स्वीकृति बन्द नभएसम्म अभिमुखीकरण तालिम बन्द गर्न नमिल्ने श्रेष्ठले बताए । जिल्ला प्रशासनको निर्देशन बमोजिम काम गर्नका लागि सम्बन्धित संस्थालाई वोर्डले अनुरोध गरेको उनले बताए । 

संघले सहजीकरण गर्ने 

अन्तिम श्रम स्वीकृति लिएर श्रमिक विदेश पठाउने प्रक्रिया सम्पन्न गर्न लागेको अवस्थामा निषेधाज्ञा लागू भएकोले म्यानपावर व्यवसायीहरुलाई आवश्यक सहयोग गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यालय खुल्ला रहने संघका महासचिव सुजितकुमार श्रेष्ठले साझा सवाललाई बताए । लकडाउन सुरु हुनु अगाडी नै मेडिकल गराउन, अभिमुखिकरण तालिम लिन, पुलिस रिर्पोट प्रमाणीकरण गर्नका लागि तथा अन्य सम्वधित कामका लागि काठमाडौ आईसकेका व्यक्तिहरुलाई विदेश पठाउन संघले व्यवसायीलाई सहजीकरण गर्ने उनले बताए । 

‘व्यवसायी र कामदारलाई आवश्यक पर्न जाने सहयोग गर्न, पास आवश्यक भए वैदेशिक रोजगार विभागमा सिफारिस पठाउने सहमति भए अनुसार संघले संघकै पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी तोकेको छ, समस्या परेमा व्यवसायीले उहाँहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ’ महासचिव श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु