2026-11-25 12:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारीमा गई समस्यामा परेका १९ जनालाई चार करोड ३० लाख क्षतिपूर्ति

रवीन्द्र काफ्ले । वैशाख १६, पाँचथर । सुरक्षित आप्रवासन परियोजना (सामी) ले यहाँबाट वैदेशिक रोजगारीमा गई समस्यामा परेका १९ जनालाई रु चार करोड ३० लाख क्षतिपूर्ति उपलब्ध गराएको छ । वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु भएका १२, बेपत्ता भएका एक, जेल परेका पाँच र ठगीमा परेका एक जनाका परिवारले उक्त क्षतिपूर्ति रकम प्राप्त गरेका हुन् । जिल्लामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन गरिरहेको नेपाल जनउद्धार सङ्घका अनुसार यहाँ परियोजना लागू भएपश्चातका १५ महिनामा ४४ जनाले वैदेशिक रोजगारीका क्रममा अन्यायमा परेको भन्दै निवेदन दिएका थिए । त्यसमध्ये १९ जनाका परिवारले क्षतिपूर्ति पाएका तथा अन्यको मुद्दासमेत अगाडि बढिरहेको छ ।

परियोजना जिल्लाका फिदिम नगरपालिका, फालेलुङ, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा सञ्चालित छ । परियोजनाले वैदेशिक रोजगारीमा जान लागेकालाई मनोसामाजिक परामर्श दिने, वैदेशिक रोजगारीमा गएका व्यक्तिका परिवारलाई वित्तीय साक्षरताको पहुँचमा पु¥याउने, सूचना र न्यायको पहुँचमा उपलब्ध गराउने, सीप सिकेर वैदेशिक रोजगारीमा जान चाहनेलाई सोको व्यवस्थाका लागि सिफारिश गर्नेलगायत कार्य गर्दै आएको छ । 

चारवटै स्थानीय तहमा एक÷एक मनोसामाजिक परामर्शदाता तथा वित्तीय साक्षरता उपलब्ध गराउने कर्मचारी खटिएका छन् । यस्तै सुरक्षित वैदेशिक रोजगारीको सूचना र ज्ञान उपलब्ध गराउन सबै स्थानीय तहमा तीन÷तीन रिटर्नी (विदेशबाट फर्किएर गाउँमा बसेका) स्वयंसेवकसमेत परिचालनमा रहेको परियोजनाले जनाएको छ ।

सूचना र न्यायको पहुँचमा उपलब्ध गराउने कार्यक्रम भने समग्र जिल्लाभरि सञ्चालनमा रहेको परियोजना संयोजक क्षोमाया तामाङले जानकारी दिनुभयो । सूचना र न्यायको पहुँचमा पु¥याउने कार्य जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रले गर्दै छ । राहदानी बनाउन तथा बुझ्न जिल्ला प्रशासन कार्यालयमा आउनेलाई ठगीमा नपर्न, वैदेशिक रोजगारीका क्रममा गर्नुपर्ने कामबारे बुझेर मात्रै जान, सीप सिकेर मात्रै वैदेशिक रोजगारीमा जान, परिवारलाई वित्तीय व्यवस्थापनमा सक्षम बनाउन सुझाव दिने गरेको छ ।

परियोजना लागू भएयता आप्रवासी स्रोत केन्द्रबाट एक हजार ६५० जनाले सूचना र परामर्श सेवा पाएका छन् । गाउँ पुगेर परामर्शदाताले ४१ जनालाई व्यक्तिगत मनोसामाजिक परामर्श तथा ४१५ जनालाई सामूहिक मनोमासाजिक परामर्श उपलब्ध गराएको परियोजना संयोजक तामाङले जानकारी दिनुभयो । आप्रवासी स्रोत केन्द्रबाट सूचना र परामर्श सेवा दिइएकामध्ये ३०६ जनालाई पुनःसम्पर्क र सेवा दिइएको छ । त्यसमध्ये १५० जना वैदेशिक रोजगारीमा गएका छन् । 

सोमध्ये २२ जनाले आवश्यकीयमध्ये कुनै कागजात घरमै छाडेर गएका, २५ जनाले कागजात विदेशबाट मगाएका, आठ जनाले मोलमोलाइ गरी वैदेशिक रोजगारीमा जाँदा लाग्ने खर्च घटाएका, २० जनाले विदेश जाने सिलसिलामा राहदानी वा पैसा दिँदा भर्पाइ गराएका, नौ जनाले स्रोत केन्द्रबाट मुद्दा सिफारिस गराएका तथा ३३ जनालाई सीपमूलक तालिम लिनका लागि सिफारिश गरिएको परियोजनाले जनाएको छ । परियोजनामा हालसम्म रु ७१ लाख पाँच हजार ४७७ खर्च भइसकेको परियोजना संयोजक तामाङले बताउनुभयो ।

परियोजना कार्यान्वयनका विषयमा हालै यहाँ आयोजित अन्तक्र्रियामा जिल्लामा क्रियाशील पत्रकारले परियोजनाको प्रभावकारितामा जोड दिएका थिए । वैदेशिक रोजगारीजन्य समस्यामा कमी नआएको भन्दै उनीहरुले त्यस्ता समस्या समाधान गर्न तथा विदेश जाने क्रममा ठगिनुपर्ने समस्या हल गर्न प्रयास गर्न आग्रह गरे । यस्तै वैदेशिक रोजगारीको बढ्दो क्रमले पारिवारिक तथा सामाजिकरूपमा समस्या बढिरहेको तथा सामाजिक संरचनामै खलल पुग्ने खतरा देखिएको उल्लेख गर्दै त्यसतर्फसमेत कार्यक्रम बनाई लागू गर्नुपर्ने पत्रकारहरुको सुझाव थियो ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले ठूलो सङ्ख्यामा युवा पलायन हुँदा देशलाई घाटा लागिरहेको तथ्यलाई बुझेर वैदेशिक रोजगारीमा जान चाहनुको कारण वा बाध्यता पत्ता लगाउन, विदेशमा हुने मृत्युको कारण पत्ता लगाउन, विदेशबाट फर्कनेमा परिवर्तन भए÷नभएको खोज्न सबै पक्षले पहल गर्नुपर्ने बताउनुभयो । श्रम सहचारीका रूपमा लामो समय विभिन्न मुलुकमा काम गर्नुभएका फिदिम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद अधिकारीले वैदेशिक रोजगारीमा जानेमध्ये करिब १५ प्रतिशतले समस्या भोग्ने गरेको बताउँदै कामदारका समस्या हल गर्न पहल गरिनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्याल र कतारी राजदूतबीच भेटवार्ता देउवालाई गगनको सुझाव : राजनीतिक अभिव्यक्तिको सीमा र मर्यादा कायम राख्नुस् स्थानीय तहमा राम्रो नतिजा आए देश फेरि क्रान्तितिर जान्छ : प्रचण्ड पक्राउ गर्न आउँदा हतकडी लिएर आउनू, खाली हात जान्नँ : गगन थापा सभापति भएपछि केपी ओलीसँग पाँच पटक भेटिसकेको छु : गगन थापा एसईई आवेदन फाराम भर्ने म्याद १५ दिन थपियो, मंसिर २५ सम्म समय भेरी नदीमा भिडियो बनाउने क्रममा बगे नेपालगञ्जका दुई युवा, खोजी कार्य जारी बाँकेको मेलामा दुई पक्षबीच झडप, प्रहरीद्वारा ८ राउण्ड हवाई फायर; एक जना पक्राउ दुई मन्त्रीसँगको तस्बिर सेयर गर्दै बालेनले लेखे– ‘देश उँभो लाउने टोली’ धादिङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु पाल्पामा दाउरा प्रहार गरी एक जनाको हत्या, आरोपित एक महिनापछि पक्राउ रूपान्तरणका नाममा एमाले विभाजित हुनु हुँदैन : महासचिव पोखरेल डिसेम्बर १६ मा बंगलादेश फर्किने शेख हसिनाको तयारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, सभापति गगन थापाले विशेष सम्बोधन गर्ने सुन र चाँदी दुवैको मूल्य बढ्यो, सुन दुई दिनमै ५ हजार ३०० रुपैयाँ महँगियो दिल्लीको होटलमा बन्धक बनाइएका तीन नेपालीको उद्धार भारत भ्रमण सकेर स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन शाह बालेनको भारत भ्रमणप्रति राजेन्द्र लिङ्देनको टिप्पणी : ‘परम्परागत भ्रमणभन्दा फरक देखिएन’ भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री बालेनको शिष्टाचार भेटवार्ता बालेनको भारत भ्रमणप्रति झलनाथ खनालको टिप्पणी : नयाँ उपलब्धि केही छैन, सामान्य भ्रमण मात्रै