2026-10-16 08:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्केर स्वदेशमा उद्यम गरी रोजगारी सिर्जना गर्ने नौ उत्कृष्ट उद्यमी पुरस्कृत

वैशाख १६, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा उद्यम गरी रोजगारी सिर्जना गर्ने उद्यमीलाई पुरस्कृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज भर्चुअल कार्यक्रम गरी नौ उत्कृष्ट उद्यमीलाई पुरस्कृत गरेको हो ।

 रु एक लाख राशिको उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कारबाट रुपन्देहीका शिव पराजुली पुरस्कृत हुनुभयो । बाह् वर्ष कतार बसेर स्वदेश फर्कनुभएका उहाँले रुपन्देहीमा सूर्या इन्डष्ट्रिज स्थापना गरी ६० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिनुभएको छ । उहाँले पित्तलको धारा उत्पादन गर्दै आउनुभएको छ । रु ५० हजार राशिको उद्यमी राष्ट्रिय पुरस्कारबाट सोही जिल्लाका भुदुरप्रसाद थारु, मोरङका सनोजकुमार माझी, कास्कीका भोजराज पुवाली, सुनसरीका धनबहादुर राई र शम्भुराज राई, नवलपरासीका गोविन्दनन्द महतो, चुरामणि चौधरी र ज्ञानेन्द्र सम्बाहाम्फे पुरस्कृत हुनुभएको छ ।

 थारुले फर्निचर उद्योग सञ्चालन गरी आठ जनालाई प्रत्यक्ष रोजगारी दिनुभएको छ । यस्तै माझीले कृषि फर्म सञ्चालन गरी ६ जनालाई रोजगारी दिनुभएको छ । उहाँले फर्ममा रु ४० लाख बढी लगानी गर्नुभएको छ । पुवालीले पशुपालन, तरकारी र मौरीपालन, धनबहादुर र शम्भुराजले संयुक्तरुपमा पशुपालन तथा तरकारीखेती, महतोले सिमेन्ट सामग्री उद्योग, चौधरीले माछापालन व्यवसाय र सम्बाहाम्फेले कृषि व्यवसाय गर्नुभएको छ । पुरस्कार रकम सम्बन्धितको बैंक खातामा हस्तान्तरण गरिने मन्त्रालयले जनाएको छ ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशङ्कर चौधरीले सरकारले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको उल्लेख गर्दै स्वदेशमै रोजगारी सिर्जना र स्वरोजगारको वातावरण बनाउन सरकार लागिपरेको बताउनुभयो । बेरोजगारी समस्या हल गर्न विभिन्न सीपमूलक तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम सञ्चालन गरी रोजगारी सिर्जना गरेको भन्दै पुरस्कृतप्रति आभार व्यक्त गर्नुभयो ।

 मन्त्रालयका सहसचिव सुमन घिमिरेले वैदेशिक रोजगारीबाट फर्केर नेपालमै पेशा व्यवसाय गर्नेलाई प्रोत्साहित गर्न पुरस्कृत गरिएको बताउनुभयो । वैदेशिक रोजगारीका क्रममा सिकेका सीप र आर्जित पूँजीको प्रयोग गरी स्वदेशमै विभिन्न उद्यम गरेकामध्ये नौ जनालाई पुरस्कृत गरिएको उहाँको भनाइ छ ।

 उत्कृष्ट उद्यमी राष्ट्रिय उद्यमी पुरस्कारबाट पुरस्कृत पराजुलीले आफूले दक्ष कालीगढको समस्या भोग्दै आएको र सरकारबाट कुनै सहयोग नपाएको गुनासो गर्नुभयो । पुरस्कृत व्यक्तित्व पुवालीले कृषि तथा पशुफर्मको सञ्चालक, आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचबाट आफू स्वदेश फर्किएको बताउनुभयो । नेपालको समृद्धि कृषि क्षेत्रबाट मात्र सम्भव हुने भन्दै उहाँले कृषिमा आत्मनिर्भर हुन सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । अर्का पुरस्कृत व्यक्तित्व ज्ञानेन्द्र सम्बाहाम्फेले दैनिक उपभोग्य कृषिजन्य सामग्रीमा परनिर्भर हुनुपरेको यथार्थलाई परिवर्तन गर्न आफू कृषिमा लागिपरेको बताउनुभयो ।

विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६ बमोजिम उनीहरुलाई छनोट गरिएको मन्त्रालयले जनाएको छ । पुरस्कारका लागि ८५ वटा आवेदन प्राप्त भएका थिए । कार्यविधिमा भएको विभिन्न सात वटा छनोटका आधारमा पुरस्कृत उद्यमीको छनोट गरिएको मन्त्रालयका सहप्रवक्ता देवेन्द्र कार्कीले जानकारी दिनुभयो ।

 रोजगारी सिर्जना, पूँजी लगानी, स्थानीय स्रोत र प्रविधिको प्रयोग, उत्पादन निर्यात गरेको अवस्था सामाजिक दायित्व वहन, वातावरणमैत्री प्रयोग तथा प्रदूषण व्यवस्थापन, उद्योग सञ्चालन गरेको भौगोलिक क्षेत्रका आधारमा उनीहरुलाई छनौट गरिएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु