2026-10-16 08:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार्टर्ड उडान: खुलेआम लुटतन्त्र ! बैदेशिक रोजगारमा जाने-आउनेलाई नियमित उडान खोल्न माग

वैशाख २३, काठमाडौँ | लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसनले नियमित उडान रोकेर चार्टर्ड उडान गराउन अनुमति दिँदा खुलेयाम लुटतन्त्र हुने आशंका व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेको छ । एशोसिएसनले आफ्नो विज्ञाप्तिमा स्वास्थ्य प्रोटोकल पालना गरेर नियमित अन्तराष्ट्रिय उडान गर्न समेत माग गरेको छ । 

एशोसिएसनका अध्यक्ष नरेन्द्र प्रसाद ढकालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ ‘२०/२२ हजारमा पाउने टिकट नब्बे हजार सम्ममा बिक्रि भएका छन । बाध्यतामा परेका यात्रुलाई विमान कम्पनीहरुले आफ्नो सिकार बनाईरहेको अवस्थामा नेपाल सरकारले अझ नियमित उडानलाई स्थगित गरेर चार्टड उडानहरुलाई अनुमति दिदा  टिकटको मुल्य अझ आकासिने र विमान कँम्पनी तथा चार्टड कर्ताहरुमा मनोमानी अझबढ्ने सम्भावना छ । बिदेशबाट आउने, छुट्टी सकेर फर्किने कामदार तथा अत्यावश्यक परि यात्रा  गर्नु पर्ने बाध्यता भएकाहरुलाई यसले नराम्ररी प्रभावित गर्ने छ र खुलेआम लुटतन्त्र हुनेछ ।’

यस्तो छ लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसनको बिज्ञप्ति:

विश्वलाई नै तहस नहस पारिरहेको कोभिड-१९ को दोश्रो चरणले आम जनमानसलाई जीवन कसरी धान्ने भन्ने ब्यक्तिगत चिन्ताले सताएको छ । सम्पूर्ण  ब्यापार ब्यवसायहरु ठप्प प्राय छन्, अब यसलाई उठ्न सहज परिस्थिती भए पश्चात पनि धेरै वर्ष लाग्नेछ । एक बर्ष भन्दा बढी समयदेखी सयौँ बैदेशिक रोजगार ब्यवसायीका कार्यालयहरु बन्द छन् । विदेश गएर आफ्नो गर्जो टार्ने सपना बुनेका युवाहरु बेरोजगार भई त्यसै वरालिएका छन् । दैनिक आय-आर्जनको कुनै श्रोत छैन । यस्तो अप्ठयारो परिस्थितीलाई सम्बोधन गर्न नेपाल सरकारसंग कुनै पनि किसिमको दिर्घकालिन योजना छैन । 

हाल नेपाल सरकारले कोभिड – १९ को संक्रमण वृद्धिलाई नियन्त्रण गर्नको लागि यहि बैशाख १६ गतेदेखी देशका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ । यसले गर्दा दैनिक आवत-जावत लगायत सम्पूर्ण कारोवारहरु ठप्प छन् । यसै क्रममा बैशाख २० गते राती १२ बजे देखि राष्ट्रिय तथा २३ गते राती १२ बजेदेखी अन्तराष्ट्रिय नियमित उडानहरु कम्तिमा १ हप्ताको लागी स्थगित गरिएका छन् तर सो अवधिमा चार्टड उडानहरुका लागी भने अनुमति दिने ब्यवस्था गरीएको छ । बिगत १ बर्ष देखी नियमित उडानहरु कम भएको, केही अन्तराष्ट्रिय विमान कम्पनीहरुले नेपालका उडानहरु बन्द गरेको र हाल भारतीय कामदारहरु समेत नेपालको अन्तराष्ट्रिय विमानस्थल प्रयोग गरी विदेशिने क्रम बढेसंगै विमानको भाडादर अपत्यारीलो गरी  बृद्धि भएको छ । २०/२२ हजारमा पाईने टिकट नब्बे हजारसम्ममा बिक्रि भएका छन् । बाध्यतामा परेका यात्रुलाई विमान कम्पनीहरुले आफ्नो सिकार बनाईरहेको अवस्थामा नेपाल सरकारले अझ नियमित उडानलाई स्थगित गरेर चार्टड उडानहरुलाई अनुमति दिदा  टिकटको मुल्य अझ आकासिने र विमान कँम्पनी तथा चार्टड कर्ताहरुमा मनोमानी अझ बढने  सम्भावना छ । बिदेशबाट आउने, छुट्टी सकेर फर्किने कामदार तथा अत्यावश्यक परि यात्रा  गर्नु पर्ने बाध्यता भएकाहरुलाई यसले नराम्ररी प्रभावित गर्ने छ र खुलेआम लुटतन्त्र हुनेछ  

सम्बन्धीत देशहरुले समेत नेपालबाट हुने उडानहरुलाई कुनै प्रतिबन्द नलगाएको अवस्थामा स्वास्थ्य सम्बन्धि आवश्यक प्रकृया अपनाएर नियमित उडानलाई नै निरन्तरता दिदै कोभिडबाट अत्यन्त प्रभावित छिमेकी मुलुकहरुबाट हुने निर्बाद आवागमन तथा तेश्रो मुलुक जानको लागि प्रयोग भाईरहेको अन्तराष्ट्रिय विमानस्थलमा समेत कडाइका साथ नियन्त्रण गरी बैदेशिक रोजगारिको सिलसिलामा बिदेश जाने-आउने गरीब कामदार तथा आम नागरिकलाई सर्बसुलभ रुपमा हवाई सेवा उपलब्ध गराउन नेपाल सरकारसंग यस नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसन जोडदार माग गर्दछ ।

नरेन्द्र प्रसाद ढकाल (अध्यक्ष) 

नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार ब्यवसायी एशोसिएसन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु