2026-10-16 08:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नेपालीहरुले पनि विदेश जान पाउने, तीन देशमा नियमित उडानको तयारी

जेठ ५, काठमाडौँ | चार्टर उडान गर्ने अनुमति पाएका उडानहरुले विदेशी सहित नेपाली नागरिकहरुलाई समेत विदेश प्रस्थानको अनुमति प्रदान गर्न आदेश दिएको छ । यो निर्णय वैशाख २९ गतेनै मन्त्रीस्तरवाट भएको निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्रालयले जनाएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यस विषयमा गत बुधबार (वैशाख २९) मा गरेको निर्णय मन्त्रालयले बुधबार साँझ अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ । जसमा उल्लेख छ ‘नियममित उडान नभएको वर्तमान अवस्थामा चार्टर उडान गर्ने अनुमति प्राप्त उडानहरुमा विदेशी नागरिक र नेपाली नागरिकसमेत सबैलाई विदेश प्रस्थानको अनुमति प्रदान गर्ने भनी वैशाख २९ गते माननीय मन्त्रीस्तरमा निर्णय भएको हुँदा सोहीअनुसार आवश्यक कायार्थ आदेशानुसार अनुरोध छ,’ मन्त्रालयद्वारा लेखिएको पत्रमा उल्लेख छ ।

मन्त्रालयले दिएको आदेशसंगै अब नेपालमा बिदामा आएका विद्यार्थीहरु तथा वैदेशिक रोजगारमा जान चाहेका नेपालीहरुले चार्टर उडानमा विदेश जान पाउने बाटो खुलेको छ । 

यस्तै मन्त्रालयले जेठ १८ देखि पूर्वमा चीन, मलेसिया र पश्चिममा दोहा नियमित उडान सुचारु गर्ने तयारी गरेको छ । 

नेपाल सरकारले कोरोना महामारी फैलिएसंगै गत वैशाख २३ गते रातिदेखि बन्द गरेको अन्तराष्ट्रिय उडान मंगलबारदेखि भारतीय नागरिकहरुलाई साउदी लैजानको लागि खुला गरेको छ । अब नेपालबाट हुने सबै चार्टर्ड उडानबाट नेपाली नागरिकहरुले पनि टिकट काट्न सक्नेछन् ।

मन्त्रालयबाट जारी एक प्रेस विज्ञप्ति अनुसार बिभिन्न देशबाट पर्वतारोहण, पर्यटन, कुटनीतिक प्रयोजनका लागि नेपालमा आएर रोकिएका यात्रूहरुलाई गन्तव्य स्थानमा बहिर्गमन गर्नका लागि भारत, युरोपियन युनियन, अमेरिका, रुस लगायतका नेपालस्थित राजदुतावासबाट अनुरोध गरिए अनुसार प्रस्थानको लागि उडान अनुमति प्रदान भएको छ । बिदेशीहरुको लागि खुला गरिएका उडानहरुमा नेपालीहरुले पनि टिकट काटेर विदेश जान सकिने मन्त्रालयले जानकारी दिएको छ । 

साथै मन्त्रालयले जारी गरेको विज्ञप्ति मार्फत उडानका क्रममा एयरलाइन्सको टिकेटिङमा अनियमितता भएको जानकारी भए मन्त्रालयको इमेल ठेगाना [email protected] वा नेपाल नागरिक उड्ययन प्राधिकरणको इमेल ठेगाना [email protected] मा प्रमाण सहित पठाउन अनुरोध गरेको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु