2026-10-16 08:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘५० डिग्री तापक्रममा काम गर्न विदेश जाने नेपालीप्रति महँगो भाडा तोकेर न्याय गरिएको हो ?’

जेठ ६, काठमाडौँ । सरकारले नेपाली पनि चार्टर फ्लाइटबाट विदेश जान पाउने निर्णय गरेपछि नेपाल वैदेशिक रोजगार ब्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङले ५० डिग्री तापक्रममा काम गर्न विदेश जाने नेपालीप्रति धेरै भाडा तोकेर सरकारले अन्याय गरेको भन्दै गम्भीर प्रश्न गरेका छन् ।

सरकारले नेपालीलाई रोकेर भारतीयलाई विदेश जान दिएको भन्दै व्यापक विरोध पछि आजदेखि नेपाली पनि चार्टर उडानबाट जान पाउने व्यवस्था गरेको छ । तर, चार्टर उडानको भाडा भने निकै महँगो भएको भन्दै तामाङले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै प्रश्न गरेका हुन् ।

यस्तो छ तामाङको स्ट्याटस :

संस्कृति,पर्यटन तथा नागरिक मन्त्री भानुभक्त ढकालले नेपाली पनि चार्टर फ्लाइटबाट विदेश जान पाउने निर्देशन सबैलाई दिनु भएकोप्रति मेरो केही जिज्ञासा र प्रश्नहरु निम्न अनुसार छन् :-

१. नेपालको बिमानस्थल नेपालीको पहिलो अधिकार हुदैन र ? कि नेपाली पनि ? कोभिड १९ को कारण भारतका सबै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर सिधै साउदी अरेबिया आउन अस्थायी प्रतिबन्ध लगाएको छ,सोही देशको नागरिक त्रिभुवन विमानस्थल प्रयोग गरेर जाने ब्यवस्था गर्दा नेपाललाइ पनि प्रतिबन्ध लगाएमा अवस्था कस्तो हुन्छ ?

२. सरकारले दिएको चार्टर फ्लाइटका लागि अनुमति दिए पछि चार्टर उडानको लागि नेपाल एयरलाइन्सले तोकेको एक तर्फी भाडा दर :

-काठमाडौं – रियाद रु ८९,५००

-काठमाडौं – जेद्धा रु ९८,५००

–काठमाडौ – दमाम रु ८४,५००

नेपाल सरकारकै स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको एकतर्फी भाडा यति महंगो छ भने प्राइभेट तथा विदेशी एयरलाइन्सको भाडा कति होला? विदेश जाने ब्यक्तिले काठमाडौं बस्दाको खर्च, वैदेशिक रोजगार ब्यबसायीलाई तिरेको सेवा शुल्क लगायत जोड्दा ती बेरोजगार युवा प्रति सरकारको तर्फबाट चार्टर फ्लाईट नेपाली पनि जान पाउने ब्यबस्थाले न्याय गरेको मानिन्छ ? ५० डिग्री तापक्रममा काम गर्न यति धेरै भाडा तिरेर बिदेश जान गरेको ब्यबस्थाले बेरोजगारी नेपाली प्रति न्याय गरिएको हो ?

३. यहाँबाट सक्कली कोभिड १९ परीक्षण गरेर गएकालाई रोजगारदाता देशहरुले आउन स्वागत गरेको छ, तर कोभिड १९ संक्रमण दर कम भएको देश जहाँ कोभिड १९ परीक्षण रिपोर्ट गलत बन्दैन त्यस्ता देशहरुमा भएका नेपालीहरुले नेपाल फर्कनु पर्छ भन्ने सोच्नु भएन? के उनीहरु नेपाल आउन पाउंदैन ? भारत सरकारले आफ्नो जनता प्रति जिम्मेवार भएर काठमाडौंबाट साउदी पठाए ,रोजगार कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा यसबाट प्रष्ट हुन्छ। विदेशी मुद्रा कमाएर देश बचाउने नेपालीहरुलाई कसरी बिर्सनुभयो ? तपाईंलाई विदेशमा रहेका नेपालीहरुले हामी नेपाल आउने ब्यबस्था गरिदिनु पर्यो भनेर फोन गरेनन् ?

४. वैदेशिक रोजगारबाट फर्केका वा विदेशबाट आएकाहरुलाई क्वारेन्टाइन बस्दा सरकारले तोकेको मापदण्डअनुसार कोभिड १९ परीक्षण सफल नहुन्जेल होटलको कोठाबाट निस्कन नमिल्ने र यसको मनिटरिङ गर्ने सफ्टवेयर वा मोबाइल एप्स लागू स्वास्थ मन्त्रालय र गृह मन्त्रालय द्वारा गर्न सकिन्न ? १५ दिनको होटलको बुकिङ गरेर पैसा लिने तर होटलबाट काठमाडौं आएको भोलिपल्ट नै घर जान दिने होटलहरुलाई कारबाही गर्न सकिन्न ? अनिवार्य क्वारेन्टाइन र कोभिड १९ परीक्षण रिपोर्टको बारेमा परीक्षण गर्ने संयन्त्र बनाएर नेपालमा नियमित उडान खोल्न जरुरी छ।

माथि उल्लेखित प्रश्नको बारेमा तपाईंले राम्रोसँग सोच्नु भएमा र भारत सहित अन्य देशमा भएका लगभग ७० लाख नेपालीहरु प्रति पनि सोच्नु भएको भए यो कान्तिपुरमा प्रकाशित समाचारमा जस्तो अधुरो ,अपुरो निर्णय गर्नु हुन्न थियो होला। सरकारले नेपाल मै रोजगार सृजना गरि दिएको भए विदेश जानेहरु मायालु श्रीमती तथा श्रीमान,छोराछोरी, बाबुआमा छोडेर जांदैन थिए। त्यसकारण अब निर्णय गर्दा तिनीहरुलाइ नबिर्सनुहोस, बरु क्वारेन्टाइन तथा कोभिड परीक्षणको रिपोर्ट बिना ल्याउने एयरलाइन्स तथा सम्बन्धित कर्मचारीलाई कारबाही गर्ने संयन्त्रको विकाश गर्नु भए राम्रो हुन्छ।

बलबहादुर तामाङ

पुर्व अध्यक्ष

नेपाल वैदेशिक रोजगार व्यवसायी संघ 

नेपाल बेदेशिक रोजगार ब्यबसायी संघ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु