2026-10-16 09:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशमा भएका नेपालीले नेपालमा खोप पठाउन सघाउने, सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय

जेठ ११, काठमाडौं । गैर आवासिय नेपाली संघ (एनआरएनए) ले नेपालका सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । संघको आइतवार बसेको राष्ट्रिय पदाधिकारी तथा केन्द्रीय पार्षदहरुको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

बैठकले गरेका निर्णयका सम्वन्धमा एनआरएनएका प्रवक्ता डीबी क्षेत्रीद्दारा जारी विज्ञप्तीमा कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकोले तत्काल अन्तर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने समेत निर्णय भएको उल्ल्ेख छ । त्यसका लागि गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकार समक्ष नेपालको लागि खोप उपलब्ध गराउन पहल गर्ने निर्णय गरिएको छ ।

यसैबीच संघले अन्तर्राष्ट्रिय उडानलाई स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाउने शर्तमा तत्काल खुला गर्न पनि आग्रह गरेको छ । पछिल्लो समय नेपालबाट भारतीय लगायत अन्य देशका नागरिकहरुले अन्तर्राष्ट्रिय यात्राका लागि सुविधा पाएपनि नेपालीहरु भने समस्यामा परेको गुनासो समेत सुनिएको भन्दै संघले यात्रामा नेपाली नागरिकलाई पहिलो प्राथमिकतामा राख्न पनि अनुरोध गरेको छ । कोभिड संक्रमण नियन्त्रणका लागि सरकारले गरेको उडान स्थगनले मध्यपूर्वी मुलुकहरुमा कार्यरत नेपाली श्रमिक तथा विभिन्न अत्यावश्यक कामकाजका लागि नेपाल आउन आवश्यक भएकाहरु र कर्मभूमि फर्किन नपाएकाहरु समस्यामा परेको संघको भनाई छ ।

यसैगरी विदेशबाट नेपाल फर्कदा नेपाली दुताबासहरुबाट अनुमति लिनुपर्ने लगायतका विषयमा विद्यमान झन्झटिला प्रावधानलाई हटाई यात्रा सहजिकरण गरिदिन पनि संघले सरकारसँग अनुरोध गरेको छ । यसैगरी यात्रा सम्बन्धि सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्ड, नेपालमा पूरा गर्नुपर्ने क्वारेन्टिनको अवधि लगायतका अन्य प्रोटोकल कडाईका साथ पालना गर्न पनि संघले सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह गरेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो विश्वव्यापी सञ्जाल मार्फत “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान सञ्चालन गरिरहेको छ । सो अभियान अन्तर्गत हालसम्म ओमानबाट ५ सय ६० अक्सिजन सिलिण्डर र ती सिलिण्डरको लागि चाहिने ५ सय ६० रेगुलेटर चीनबाट ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गरि सकेको छ । यसैगरी चीनमा ५०० अक्सिजन कन्सन्ट्रेटरको अर्डर गरिएको र सकेसम्म छिटो नेपाल पुर्याउने पहल भइरहेको संघले जनाएको छ ।

‘नागरिकतासम्बन्धी अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति गैरआवासीय नेपाली संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विगत लामो समयदेखि नै गैरआवासीय नेपाली संघले माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताका विषयमा अध्यादेश मौन रहेको भन्दै गैरआवासीय नेपालीहरुको माग सम्बोधनका लागि नेपाल सरकारलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु