2026-09-25 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली श्रमिकका लागि बहराइन प्रवेशमा तत्काललाई रोक

जेठ १३, काठमाडौँ । नेपालको प्रमुख श्रम गन्तव्य बहराइनले आइतबारबाट लागूहुने गरी नेपाल लगायतका केही श्रम स्रोत देशका श्रमिकका लागि प्रवेशमा रोक लगाएको छ । बहराइन सरकारले नेपालसहित भारत, पाकिस्तान, श्रीलंका तथा बंगलादेशबाट आउने यात्रुमध्ये बहराइनी नागरिक, गल्फ को–अपरेसन काउन्सिलका नागरिक तथा बहराइनी रेसिडेन्ट भिसा बाहकलाई मात्र प्रवेश अनुमति दिइने जनाएको छ ।

बहराइनस्थित नेपाली दूतावासले बहराइनबाट नेपाल फर्कँदा यात्रा गर्नेहरूले अनिवार्य १० दिन क्वारेन्टिनमा रहनु पर्ने जनाएको छ । यात्रुहरूले यात्रा पूर्व अधिकतम ४८ घण्टासम्मको पीसीआर परीक्षण गरेको, क्यूआर कोडसहितको, नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने छ । बहराइन १० दिन भन्दा बढी बस्ने यात्रुहरूका लागि एयरपोर्ट आगमन पश्चात बिडी. ३६ ( सबै खर्च) भुक्तान गरी एयरपोर्टमा पहिलो पटक तथा पाँचौ र दसौं दिनमा समेत पीसीआर परीक्षण गर्नु पर्ने जनाइएको छ ।

यसैगरी, बहराइनमा पछिल्लो केही दिन यता कोरोना संक्रमण दर बढेकाले संक्रमण नियन्त्रण गर्न जेठ २० सम्मका लागि सरकारी कार्यालय, सपिङ मल, रेष्टुरेन्ट, सिनेमा घरलगायतका स्थानमा १८ वर्ष उमेर माथि तथा दोश्रो खोप लगाएको १४ दिन भन्दा बढी भएका र कोरोना संक्रमण भइ निको भइसकेका व्यक्तिले मात्र प्रवेश अनुमति पाउने नियम बनाएको छ । ती स्थानहरूमा प्रवेशका लागि प्रमाण स्वरूप बिवेयर एपलिकेसनमा ग्रीन सिल्ड देखाउन अनिवार्य गरिएको छ । साथै, निजी, भेला समारोहमा समेत अधिकतम ६ जनाको सहभागिता निश्चित गरिएको छ ।

कोरोना संक्रमण रोकथामका लागि जारी मापदण्डहरू अवज्ञा गर्नेलाई बहराइनी दिनार १ हजारदेखि अधिकतम १० हजारसम्म वा कम्तीमा ३ महिना कारावास सजाय हुनसक्ने बहराइन सरकारको सम्बन्धित निकायहरूले जनाएका छन् ।

खोप नलगाएका नेपालीलाई त्यहाँको स्वास्थ्य मन्त्रालयमा आवेदन दिन नेपाली समुदायमा दूतावासले अनुरोध समेत गरेको छ । यसैगरी, १० गते सोमबारबाट अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न सेवा प्राप्त गर्न दूतावासमा जान आवश्यक हुने नेपालीलाई फोन सम्पर्क तोकिएको समयमा मात्र कार्यालयमा उपस्थित अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक