2026-09-25 04:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको एक बहुराष्ट्रिय कम्पनी विवादमा, नेपाली लगायतका श्रमिकले गरे मुद्दा दायर

जेठ १७, काठमाडौं । अमेरिकी टायर निर्माता कम्पनी गुडईयरको मलेसिया स्थित कम्पनी विदेशी श्रमिकको अवैधानिक रुपमा तलव कटौती, राहदानी कव्जा लगायतका विषयमा विवादमा परेको छ । सो कम्पनीले ठूलो परिमाणमा श्रमिकको तलव भुक्तानी समेत गर्न बाँकी रहेको समाचार सार्वजनिक भएको छ ।

बेलायती सञ्चार संस्था रोयटर्सका अनुसार सो कम्पनीलाई ओभरटाइम वापतको रकम श्रमिकलाई भुक्तानी नगरेको, अदालतमा मुद्दा हाल्ने श्रमिकलाई धम्की दिइएको, तलव कटौती लगायतका विषयमा मुद्दा परेको छ । रोयटर्ससँगको कुराकानीका क्रममा सो कम्पनीमा कार्यरत तथा पहिले काम गरेका ६ जना श्रमिकले कम्पनीले गलत रुपमा आफूहरुको तलव कटौती गरेको, धेरै समय काम गर्न बाध्य पारिएको तथा राहदानीमा पूर्ण रुपमा अधिकारबाट वञ्चित गरिएको जनाएका छन् । अदालत श्रोतले पनि यसको पुष्टि गरेको समाचारमा जनाइएको छ ।

श्रम विभागले पनि सो कम्पनीलाई सन् २०२० मा श्रमिकलाई कानूनले तोकेभन्दा बढी समय काममा लगाएको तथा विदेशी श्रमिकलाई थोरै ज्याला दिएको विषयमा कारवाही गरेको पुष्टि गरेको छ । सो कम्पनीमा काम गरेका एक श्रमिकले आफ्नो राहदानी गैरकानूनी रुपमा कम्पनीले कव्जामा राखेको बताएका छन् । उनले आफूले काम गरेको ८ बर्षपश्चात मात्र राहदानी फिर्ता पाएको पनि बताएको रोयटर्सको समाचारमा उल्लेख छ ।

सो कम्पनी विरुद्द सन् २०१९ मा दुईवटा तथा सन् २०२० मा एक गरी तीनवटा मुद्दा अदालतमा परेका छन् । सो क्रममा १ सय ८५ श्रमिकले कम्पनी विरुद्द मुद्दा दायर गरेको जनाइएको छ । उनीहरुले आफूहरुले मलेसियाको श्रम कानून अनुसार पाउनु पर्ने सुविधा नपाएको भन्दै मुद्दा हालेका थिए ।

श्रमिकहरुको सो मुद्दामा स्थानीय अदालतले श्रमिकको पक्षमा फैसला गरेको पनि जनाइएको छ । अदालतको वेभसाइटमा प्रकाशित फैसलामा पनि विदेशी श्रमिकले स्थानीय मलेसियाली श्रमिकले पाउने सरह नै सुविधा पाउने उल्लेख गरिएको समाचारमा जनाइएको छ । कम्पनीलाई श्रमिकको कटौति गरिएको तथा उपलव्ध नगराईएको रकम तत्काल भुक्तानी गर्न अदालतले आदेश दिएको श्रमिकहरुका तर्फबाट मुद्दा लडेका अधिवक्ताले बताएका छन् । अदालतमा प्रमाणका रुपमा पेश गरिएको पेस्लीपमा कतिपय श्रमिकले मासिक २ सय २९ घण्टासम्म अतिरिक्त समय काम गरेका थिए । मलेसियाको श्रम कानून अनुसार भनें मासिक १ सय ४ घण्टा भन्दा बढी अतिरिक्त समय काममा लगाउन पाईंदैन ।

सो कम्पनीले आफूहरुलाई ५० लाख रिंगिट बरावर ठगि गरेको श्रमिकहरुले दावी गरेको श्रमिकका तर्फबाट मुद्दा लडिरहेका अधिवक्ता चन्द्रा सेगरन राजेन्द्रनले बताएको रोयटर्सले लेखेको छ । सो कम्पनीमा नेपाल, म्यानमार तथा भारतका श्रमिक कार्यरत छन् ।

विश्वकै ठूलो मध्येको एक टायर उत्पादक कम्पनी गुडईयरले भनें अदालतको दुवै निर्णय विरुद्द उच्च अदालतमा पुनरावेदन गरेको छ । उच्च अदालतले आगामी जुलाई २६ मा निर्णय सुनाउने अपेक्षा गरिएको छ । यसैगरी श्रमिकले हालेको तेश्रो मुद्दाको फैसला आगामी साता हुने अपेक्षा गरिएको छ ।

गुडईयरले मानव अधिकार रक्षाका सन्दर्भमा कम्पनीको बलियो नीति तथा अभ्यास रहेको बताएको छ । रोयटर्सलाई ईमेलमा कुनै पनि देशमा रहेका कम्पनीले मानव अधिकार हनन गरे नगरेको विषयलाई गम्भीरतापूर्वक हेरिने भनेर कम्पनीले जवाफ दिएको समाचारमा उल्लेख छ ।

मुद्दा हालेका मध्येका एक शरण कुमार राईले श्रमिकहरुको डफ्फा अनुसार कम्पनीको नियम फरक हुने बताएका छन् । उनले सो कम्पनीमा सन् २०१२ देखि सन् २०२० सम्म काम गरेका थिए । श्रमिकहरुले पहिलो मुद्दा सन् २०१९ को जुलाईमा हालेका थिए । त्यसपछि कम्पनीले मुद्दा हाल्ने श्रमिकहरुलाई आफूले मुद्दा फिर्ता लिने भनेर जवर्जस्ती सही गराएको थियो । त्यस विरुद्दमा प्रहरीमा उजुरी हालिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक