2026-09-25 04:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेशबाट फर्किंदै हुनुहुन्छ ? सरकारले तोक्यो ७८ क्वारेन्टिन होटल, कति लाग्छ शुल्क ?

जेठ १९, काठमाडौं । सरकारले विदेशबाट स्वदेश फर्कने नेपालीहरु बस्नका लागि ५ वटा पाँचतारेसहित ७८ वटा होटललाई क्वारेन्टिन होटलका रुपमा सूचीकृत गरेको छ । बुधबार पर्यटन विभागले होटलको सूची सार्वजनिक गर्दै न्यूनतम मापदण्ड तोकेको हो ।

सरकारले खाडीमा वैदेशिक रोजगारीमा गएर नेपाल फर्कनेलाई ५ दिन र अन्य अवस्थामा फर्कने नेपाली र विदेशी नागरिकलाई १० दिन होटल बुकिङको प्रमाण देखाएपछि मात्र नेपाल आउन अनुमति दिने नियम बनाएको छ । सोहि नियम अनुसार नेपाल आउनेहरुलाई बस्नका लागि क्वारेन्टिन होटल तोकिएको विभागले जनाएको छ ।

विभागले सार्वजनिक गरेको सूचीमा रहेका होटललाई यात्रुले क्वारेन्टिनका लागि बुक गर्न सक्ने व्यवस्था गरिएको छ । हाल नेपालले पहिलो चरणमा टर्की, कतार, चीन र भारतमा नियमित हवाई उडान खुला गरिएको छ । 

काठमाडौंका सांग्रिला, होटल र्‍याडिसन, होटल याक एण्ड यती, हायात रिजेन्सी, सोल्टी, अलफ्ट होटल र एभरेष्ट होटल गरी ७ वटा पाँचतारे होटललाई विभागले क्वारेन्टिन तोकेको छ ।

यी होटल सञ्चालकले २५ भन्दा बढी कोठा क्वारेन्टिन बनाउन सहमत भएका छन् । चारतारे स्तरका होटल शंकर र होटल हिमालयसमेत क्वारेन्टिन होटलमा सूचीकृत भएका छन् । तीनतारे स्तरका समिट होटल, अमादब्लम होटल, साम्बाला होटल, ले हिमालय, होटल प्लाटिनम, होटल ट्रेडिसनल कम्फर्ट र होटल ल्याण्डमार्कमा समेत यात्रुले क्वारेन्टिन बस्न सक्ने छन् ।

यसबाहेक पर्यटनस्तरका ५१ होटल र दुई रिसोर्ट पनि क्वारेन्टिन सूचीमा समावेश छन् । रिसोर्टमा बुढानीलकण्ठस्थित पार्क भिलेज र गोकर्ण फरेष्ट रिसोर्ट समावेश छ । पर्यटकस्तरीय होटेलमा धुलिखेल लज रिसोर्टलाई यो सूचिमा राखिएको छ ।

तारे होटलले आफैं शुल्क तोक्ने, अरुको ३ हजार

सरकारले तारे होटलले क्वारेन्टिन बसेवापत लिने शुल्क तोकेको छैन । ती होटल स्वयंले मूल्य तोक्न सक्ने जनाएको छ । तर पर्यटनस्तरका होटलको दैनिक शुल्क भने ३ हजार रुपैयाँ तोकिएको छ । यसभित्र बिहानको खाजा, खाना, दिउँसोको खाजा र साँझको खानासमेत पर्छ ।

क्वारेन्टिन तोकिएको होटलमा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने, होटल परिसरभित्र छुट्टै गेट वा कम्पाउण्ड भएको र सकेसम्म घुमफिर गर्न सक्ने खुला स्थान र बगैंचा हुनुपर्छ । होटल क्वारेन्टिनमा रहेका हवाई यात्रुलाई सेवा प्रदान गर्न र स्वाब परीक्षणको नमुना संकलनका लागि समेत पर्याप्त स्थान भएको हुनुपर्ने शर्त राखिएको छ ।

होटलको कोठामा टिभी, वाईफाईको सुविधा अनिवार्य गरिएको छ । अट्याच ट्वाइलेट र नुहाउन तथा पिउने तातोपानीको व्यवस्था गर्नुपर्छ । होटलले खाना र अन्य सेवा कोठामा वा प्यासेजमा मात्र प्रदान गर्नुपर्छ ।

होटलले सामूहिक रुपमा खाना खाने स्थान, बुफे, जिम, साउना, इण्डोर तथा आउटडोर गेम भने पूर्ण रुपमा बन्द गरेको हुनुपर्छ । नेपाली तथा विदेशी नागरिक विदेशबाट आउँदा पालना गर्नुपर्ने आदेश २०७८ को भने पूर्ण पालना गर्नुपर्ने गरी नियम बनाइएको छ ।

हेर्नुहोस् क्वारेन्टिन होटलको सूची







प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक