2026-10-16 09:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आजदेखि कतार भिसा सेन्टर खुल्यो, दैनिक कति जनाको काम हुन्छ ?

जेठ २४, काठमाडौँ | कोरोना संक्रमण फैलिदै गएपछि बन्द भएको नेपाल स्थित कतार भिसा सेन्टर आजदेखि खुल्ने भएको छ । नेपाल र कतारबीच हवाई सेवा सुरु भएसंगै काठमाडौँ स्थित कतार भिसा सेन्टर खुल्ने भएको हो । 

कतार भिसा सेन्टरले समेत आजदेखि कार्यालयको अप्रेशन र अपोइन्टमेन्ट खुलेको जानकारी गराईसकेको छ । भिसा सेन्टरका अनुसार आज र भोली दैनिक ५० जनाको र जुन ९ देखि हरेक दिन २०० जनाको दरले काम हुने जनाएको छ । 

नेपाल स्थित कतार भिसा सेन्टरले कतारमा वैदेसिक रोजगारमा जाने नेपाली कामदारहरुको भिसा, स्वास्थ्य परीक्षण र कामदारको औंठाछापको सेवा दिंदै आएको छ । त्यस्तै सेन्टरमा कतार जाने नेपाली कामदारको सक्कली करारपत्रमा हस्ताक्षरको प्रक्रिया गर्न सकिन्छ । 

तस्वीर: अनिल अधिकारी | सास

यसको अलावा कतार भिसा सेन्टरमा कागजात स्क्यानिङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङका काम नेपालबाट पुरा गर्न सकिन्छ । जसको कारण नेपालीहरुले कतारमा पुग्नासाथ कतार आइडी प्राप्त गर्न सक्दछन्  । 

कतार भिसा सेन्टरबाट निःशुल्क सेवा पाइन्छ । बायोमेट्रिक र स्वास्थ्य परीक्षण गर्दा लाग्ने शुल्क रोजगारदाताले नै कतारको मिनिस्ट्री अफ इन्टेरियरलाई तिरिदिएको हुने हुनाले कतार भिसा सेन्टरले दिने सेवा निशुल्क हुन्छ । साथै भिसा सेन्टरबाट वैदेशिक रोजगारमा जानेहरुले कतारमा पाउने सेवा सुविधा सहितको करार सम्झौताबारे सेन्टरबाटै जानकारी पाइन्छ ।

पछिल्लो समय केहि म्यानपावर कम्पनी तथा कतार पठाउने  एजेन्टहरुले कतारमा वैदेशिक रोजगारीमा पठाउने क्रममा कतार भिषा सेन्टरमा छुट्टै पैसा तिर्नुपर्ने भन्दै कामदारसँग अशुली मागेको वैदेशिक रोजगार एप मार्फत गुनाशो बढेको छ । सेन्टरले नेपाली कामदारसंग कुनै आर्थिक अशुली नगर्ने स्पष्ट पार्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु