2026-10-16 09:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब वैदेशिक रोजगार श्रम स्वीकृति दिने सेवा सातामा दुई दिन

जेठ २६, काठमाण्डौ | वैदेशिक रोजगार अन्तर्गत ताहाचल स्थित श्रम कार्यालयले अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै कार्यालयले यस सम्बन्धमा जानकारी गराएको हो । 

यसअघि श्रम कार्यालयले हरेक साताको बुधारबार एक दिन बायोमेट्रिक नभएका श्रमिकलाई श्रम स्वीकृति दिने जनाएको थियो । अब भने हप्तामा दुई दिन श्रम स्वीकृति दिइनेछ । बुधबारको अलावा आइतबार पनि श्रम स्वीकृति प्रदान गरिने श्रम कार्यालय ताहाचलले जनाएको छ ।

श्रम कार्यालयले जारी गरेको सूचनामा लेखेको छ ‘यो व्यवस्था यसअघि बायोमेट्रिक नभएका व्यक्तिहरुको लागि मात्र भएको हुँदा बायोमेट्रिक भएका र कार्यालयमा उपस्थित नभई अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरुलाई अनलाइनबाटै श्रम स्वीकृति प्रदान गरिने व्यवस्था कायमै रहेको हुँदा त्यस्ता व्यक्ति भौतिक रुपमा उपस्थित नभईदिनुहुन अनुरोध छ ।

कोरोना महामारी बढ्दै गएपछि ताहाचलस्थित श्रम कार्यालय गत वैशाख २४ गतेदेखि स्थगित भएको थियो । तर सरकारले जेठ १८ गतेदेखि श्रम गन्तव्य देशहरु कतारसहित तीन देशमा नियमित उडान खोलेसँगै श्रम कार्यालयले अहिले व्यक्तिगत श्रम स्वीकृति लिन भौतिक रुपमै सेवा दिन थालेको छ  । अनलाइनबाट पुन: श्रम स्वीकृति भने जारी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु