2026-10-16 09:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार: अभिमुखीकरण तालिम लिनेहरु खचाखच भरिएपछि विभागको ध्यानाकर्षण

जेठ २६, काठमाडौँ | वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार अन्तर्गत अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुको ध्यानाकर्षण गराएको छ । कोरोना महामारीको समयमा स्वास्थ्य मापदण्डको ख्याल नगरी केहि संस्थाहरुले अभिमुखीकरण तालिम कक्षा संचालन गरेको भन्दै विभागले ध्यानाकर्षण गराएको हो । 

बिभागका शाखा अधिकृत मात्रिका सापकोटाद्वारा हस्ताक्षर भएको सूचना अनुसार कोरोना महामारीको समयमा कोभिड १९ फैलन नदिन स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सचेत गराइएको छ । सापकोटाका अनुसार केहि दिन यता केहि अभिमुखीकरण संस्थाहरुले सामान्य समयमा झैँ ठूलो संख्यामा युवाहरुलाई तालिममा सहभागी गराएको पाइएको बताएका छन् । यसै सम्बन्धमा ध्यानाकर्षण गर्दै वैदेशिक रोजगारमा प्रस्थान पूर्वको अभिमुखीकरण तालिम प्रदायक संस्थाहरु सबैलाई विभागले सचेत गराएको हो । 

बिभागद्वारा जारी सूचनामा भनिएको छ ‘हालको अवस्थामा कतिपय इजाजतपत्रवाला संस्थाहरुले जनस्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना नगरी अभिमुखिकरण तालिम कक्षा संचालन गरिरहेको विषयमा बिभागको ध्यानाकर्षण भएको व्यहोरा जानकारी गराइन्छ । उक्त सम्बन्धमा विभागले थप निगरानी तथा छानवीन गर्ने व्यहोरा समेत सबैलाई सूचित गरिन्छ ।’

बिभागले यस सम्बन्धमा अहिले वैदेशिक रोजगार अभिमुखिकरण तालिम दिन हतार नगर्न भन्दै यस सम्बन्धमा थप स्पष्टिकरण दिएको छ ‘हाल वैदेशिक रोजगार विभागले अनलाइन मार्फत हुने पुन: श्रम स्वीकृति सम्बन्धि सेवा सुचारु राखेको र सो बाहेक अत्यावश्यक परेकाहरुको हकमा अत्यन्तै सिमित मात्र नयाँ श्रम स्वीकृति सम्बन्धि सेवा प्रवाह शुरु गरेको छ ।’ 

पछिल्लो समय कोरोनाको कारण निषेधाज्ञा जारी नै रहेको, उडानहरु सामान्य बेलामा जस्तो खुलिनसकेको र वैदेशिक रोजगारमा तत्कालै गइहाल्न पाइने अवस्था समेत नरहेको भन्दै बिभागले अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुलाई स्वास्थ्य मापदण्डको पूर्ण रुपमा ख्याल गर्न, सामान्य अवस्थामा झैँ ठूलो समूहमा राखेर तालिम नदिन सचेत गराएको छ ।

बिभागका शाखा अधिकृत मात्रिका सापकोटाले साझा सबाललाई भने ‘सामान्य अवस्थामा झैं खचाखच भरेर तालिम दिएको पाइएको छ, निषेधाज्ञा जारीनै रहेको र सिमितले मात्र वैदेशिक रोजगारमा जान पाउने अवस्थामा हतार गर्नुपर्ने देखिदैन ।’ सापकोटाले बहने ‘यस्तो गम्भीर अवस्थामा अभिमुखीकरण तालिम प्रदायक संस्थाहरुले एकै दिन ठूलो संख्यामा राखेर तालिम दिनु गैरजिम्मेवारी हो । कुन संस्थाके कति संख्यामा राखेर तालिम दिईरहेका छन् भन्ने दैनिक रेकर्ड बिभागले निगरानी गरिरहेको छ । स्वास्थ्य मापदण्डलाई ख्याल नै नगरी तालिम दिए बिभागले कारवाही गर्छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु