2026-10-16 09:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियामा एक कम्पनी विरुद्दको मुद्दा नेपाली लगायत ६५ श्रमिकले जिते

जेठ ३०, काठमाडौँ । मलेसियामा रहेको अमेरिकी कम्पनी गुड ईयर टायर विरुद्दको मुद्दा नेपाली लगायतका श्रमिकहरुले जितेका छन् । अदालतमा चलिरहेको एक मुद्दामा बुधवार अदालतले श्रमिकको पक्षमा फैसला गरेको हो ।

समाचार एजेन्सी एएफपीका अनुसार दर्जनौं श्रमिकले हालेको कम्पनी विरुद्दको मुद्दामा श्रमिकको पक्षमा फैसला आएको हो । नेपाली लगायतका दर्जनौं श्रमिकहरुले आफूले पाउनु पर्ने सेवा सुविधा वापतको रकम, ओभरटाइम वापतको रकम नपाएको, राहदानी लगायतको व्यक्तिगत कागजात कम्पनीले अवैधानिक रुपमा कव्जामा राखेको लगायतका विषयमा मुद्दा हालेका थिए । यस अगाडी नै दुईवटा मुद्दा श्रमिकले जितिसकेका थिए ।

सेलेंगरमा रहेको गुड ईयर टायरमा काम गर्ने नेपाल, म्यानमार तथा भारतका ६५ जना श्रमिकले कम्पनी विरुद्द मुद्धा हालेका थिए । उनीहरुको तर्फबाट अधिवक्ता आर चन्द्रा सेगारनले मुद्दा लड्दै आएका थिए ।

२० लाख रिंगिट बरावरको रकम आफूहरुले कम्पनीबाट नपाएको भन्दै ति श्रमिकले मुद्दा हालेको अधिवक्ता सेगरनले बताएको एएफपीले जनाएको छ । कम्पनीले आफ्नो तर्फबाट कुनै रकम दिन बाँकी नरहेको दावी गरेपनि अदालतले श्रमिकले दावी गरे अनुसारको रकम भुक्तानी गर्नुपर्ने आदेश दिएको हो ।

अधिवक्ता सेगरनले अदालतले मलेसियामा काम गर्ने विदेशी श्रमिकले पनि मलेसियन नागरिकले जस्तै सेवा, सुविधा पाउनु पर्ने पक्षमा फैसला गरेको बताएको समाचारमा जनाइएको छ । आप्रवासी श्रमिकलाई कुनै भेदभाव गर्न पाइन्न भन्ने कुरा अदालतले स्थापित गरेको छ, उनले भनेका छन् ।

गुड ईयर कम्पनीले भनें अदालतको फैसलाका बारेमा पुनरावेदन गर्ने वा नगर्ने भन्ने बारेमा स्पष्ट पारेको छैन । यस विषयमा एएफपीले प्रतिकृया माग्दा कम्पनीले कुनै जवाफ दिएको छैन । यस अगाडी १ सय १९ जना श्रमिकले हालेको मुद्दामा अदालतले यस्तै फैसला गरेकोमा कम्पनीले उच्च अदालतमा पुनरावेदन हालेको छ ।

मलेसियामा कम्पनीहरुले आप्रवासी श्रमिकलाई ठगेको, विभेद गरेको मुद्दा पछिल्ला केहि बर्षयता चर्को रुपमा उठ्दै आएको छ । ग्लोव्स कम्पनीहरुले आप्रवासी श्रमिकलाई ठगेको घटना सार्वजनिक भएपछि टप ग्लोव्स लगायतका कम्पनी समस्यामा फसेका थिए ।, पछि ति कम्पनीहरुले आप्रवासी श्रमिकलाई उनीहरुले भुक्तानी गरेको भर्ना शुल्क फिर्ता गर्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु