2026-10-16 09:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा राजदुत हुँदा डा. महेन्द्र प्रसाद सिंह राजपुतको कार्यकालमा के के भए काम ?

जेठ ३०, काठमाडौँ । साउदी अरबस्थित नेपाली दूतावासमा चार वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किएका निवर्तमान राजदूत डा. महेन्द्र प्रसाद सिंह राजपुतले आाफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्ध सुधार र वैदेशिक रोजगारमा जाने कामदारको अधिकतम हित गरेको बताएका छन् । बिहीबार स्वदेश फर्किएका राजदूत सिंहले आफ्नो फेसबुकमार्फत आफुले गरेका कामको फेहरिस्त सार्वजनिक गरेका हुन् । 

आफ्नो कार्यकालमा चार जना नेपाली कामदारलाई भएको फाँसीको सजाय माफ गराएको, अदक्ष नेपाली श्रमिकको न्यूनतम तलव एक हजार साउदी रियाल र खाना तीन सय गरी १३ सय पुर्याएको भन्दै निवर्तमान राजदूत डा. सिंहले त्यसअघि कार्यान्वयन हुन नसकेको न्यूनतम तलव आठ सय रियाल र  खाना वापतको थप तीन सय रियालको सुविधालाई बढाएर १३ सय पुर्याउनु उल्लेख्य रहेको दाबी गरेका छन् ।

अस्पताल, मदरसा र विश्वविद्यालय बाहेकका स्थानमा महिला क्लिनरको डिमाण्ड प्रमाणीकरण बन्द गराएको, दुई हजार बढी गैर कानूनी हैसियतका नेपालीलाई एक वर्षमा स्वदेश पठाएको, ट्राफिक दुर्घटनामा निधन भएका नेपाली कामदारको लामो समयदेखि थाती रहेका ८ सय २० फाइलहरूमध्ये मुद्दा दायर गरी ५ सय ७० फाइल फैसला गराइ एक करोड ४९ लाख ९० हजार ९ सय ८८ साउदी रियाल क्षतिपूर्ति रकम नेपाल पठाएको, कोभिड–१९ को पहिलो चरणमा १८ हजारभन्दा बढी नेपाली कामदारलाई स्वदेश पठाएको, सोही चरणमा गाँसबास गुमाएका हजारौं कामदारलाई एनआरएनए लगायत विभिन्न संघ, संस्था र व्यक्तित्वको सहयोगमा गाँसबास, औषधि उपचार र केहीलाई नेपाल पठाउने टिकटको व्यवस्था समेत गरिएको उनले स्मरण गरेका छन् ।

त्यसैगरी १८ वर्षदेखि सम्पर्कविहीन रहेका टेक बहादुर रक्साकोटीलाई उद्धार गरी नेपाल पठाएको, दुर्घटनामा परी अपांग हुन पुगेका बेज बहादुर भुजेललाई उनले अस्पताललाई तिर्नुपर्ने ८ लाख २३ हजार साउदी रियाल अस्पतालबाट माफ गराई स्वदेश पठाइएको घटना पनि महत्वपूर्ण उपलब्धीका रुपमा औंल्याएका छन्  ।  महाभुकम्पपछिको पुनर्निर्माणका लागि साउदी सरकारबाट तीन अर्ब तीस करोड भन्दा बढी आर्थिक सहयोग प्राप्त गराएको र राजदूतावासका लागि त्यहाँको कुटनैतिक क्षेत्राभित्र जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुर्याएको जस्ता घटनाले साउदी नेपाल मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ र फलदायी हुन पुगेको उनको भनाइ छ । 

दूतावासका फाइलहरू डिजीटल प्रविधिमा राख्ने कामको प्रारम्भ, ड्यासबोर्डको निर्माण, अनलाइन डिमाण्ड प्रमाणीकरणको शुरुवात र नियोगको भौतिक सुधार गर्दै दयनीय अवस्थामा रहेको शेल्टरहरूलाई भत्काई सुरक्षित महिला र पुरूष शेल्टर निर्माण, नयाँ रिशेप्सन र बैठक कक्ष निर्माणदेखि मुस्लिम धर्मावलम्बीहरूका लागि प्रार्थना कक्षको व्यवस्था आदिलाई पनि आफ्नो कार्यकालको उपलब्धीका रुपमा औंल्याउदै सिंहले नेपालको हज कोटामा तीन सयको वृद्धि, ईद र ईफ्तार समारोह, विभिन्न विश्वविद्यालयहरूमा भ्रमण गरी पदाधिकारीहरू र नेपाली मुस्लिम विद्यार्थीसँग प्रत्यक्ष सम्पर्कको थालनी आदि कार्य पनि भएको उल्लेख गरेका छन् ।

राजदूतको गरिमामय जिम्मेवारीका लागि नेपाल सरकारप्रति आभार प्रकट गर्दै सिंहले साउदी नरेश सलमानबाट नेपाली जनताका लागि शुभेच्छा प्रदान गरिएकोमा आभार व्यक्त गरेका छन् । उनले आफ्नो चार वर्षे कार्यकालमा उपनियोग प्रमुखहरू आनन्द प्रसाद शर्मा र दिलीप पौडेलसहित श्रम सहचरीदेखि साउदी अरबमा क्रियाशील नेपाली समुदायप्रति सम्मान र आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु