2026-10-16 09:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुल्गेरिया जान पाइने आशामा युवाहरु ठगिए, पासपोर्ट र पैसा फिर्ता भएन

जेठ ३०, काठमाडौँ |  वैदेशिक रोजगारको लागि बुल्गेरिया पठाइदिने प्रलोभनमा पर्दा हेटौडाका तीन जना युवाहरु ठगिएका छन् । तनहुँ खैरेनीटार घर भएका लक्ष्मण पौडेलले आर्थिक रकम र सक्कल पासपोर्ट लिएर सम्पर्कमा समेत आउन नचाहेको पिडितहरुको गुनाशो छ । 

लामो समयदेखि आफूहरुलाई पौडेलले झुलाईरहेको पासपोर्ट र पैसा फिर्ता गर्न आग्रह गर्दा पनि नदिएको उनीहरुले गुनाशो गरेका छन् ।  पिडितहरुका अनुसार पौडेलले पुतलीसडक स्थित फर्स्ट इन्टरनेशनलमा काम गर्ने बताएर बुल्गेरियामा वैदेशिक रोजगारमा पठाईदिने प्रलोभन देखाएका थिए । फेसबुकमा पौडेल बाबु तथा लक्ष्मण पौडेल सहित तीन फरक आइडी प्रयोग गर्ने पौडेललाई पिडितहरुले २०७७ साउन १४ मा पैसा बुझाएको बताएका छन् । पैसा पठाएको प्रमाण दूई जनाको छ भने एक जनाको छैन । पिडितहरुले पौडेलको कामना सेवा विकाश बैंकमा पैसा जम्मा गरेर ‘बैदेशिक रोजगार’ प्रयोजन खुलाई प्रमाण सुरक्षित राखेको जनाएका छन् । 

पिडितहरुले पौडेलसँग वैदेशिक रोजगारमा पठाउन नसके आफ्नो पासपोर्ट फिर्ता दिन भन्दा सम्पर्कमा रहन नचाहेको बताएका छन् । तीन महिना अघि पिडितहरुले सम्पर्क गर्न नसकेपछि इमेल मार्फत आफ्नो गुनाशो पौडेललाई पोख्दा कुनै प्रतिक्रिया नआएको समेत बताएका छन् । पौडेलले सामाजिक संजालमा सक्रिय रहेर क्रोएसिया पठाईदिन्छु भन्दै आफूहरु जस्तै धेरैलाई झुलाईरहेको हुनसक्ने पिडितहरुले बताएका छन् ।

वैदेशिक रोजगारको लागि लामो समयदेखि झुल्दा आफूहरु समस्यामा परेको भन्दै पासपोर्ट समेत फिर्ता नदिंदा अन्यत्र मुलुक जान पनि नपाएको बताएका छन् । पिडितहरुले आफूहरुसँग भएको बिभिन्न प्रमाणको आधारमा बिभागमा उजुरी दिने तयारी गरेको बताएका छन् ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय संचालन गरेमा वा कसैलाई वैदेशिक रोजगारीमा लगाई दिन्छु भनि झुट्टो आश्वासन दिई वा प्रलोभन देखाई वैदेशिक रोजगारमा लगाईदिने उदेश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको पचास प्रतिशतले हुने रकम हर्जाना बापत असुल गराउने प्रावधान छ । साथै विदेश पठाईसकेको भए आउँदा-जाँदा लागेको खर्च समेत पिडितलाई तिराएर तीन देखि पाँच लाखसम्म जरिवाना र तीन देखि सात बर्षको कैद सजाय तोकिएको छ तर विदेश नपठाएको अवस्थामा भने पिडितलाई  त्यसको आधा सजाय हुने उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु