2026-09-25 03:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिमुखीकरण व्यवसायी महासंघले श्रममन्त्रीलाई बुझायो ६ बुंदे ध्यानाकर्षण पत्र

असार १, काठमाडौं । नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल प्रसाद श्रीवास्तवलाई ६ बुंदे ध्यानाकर्षण पत्र बुझाएको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको नयाँ भेरिअन्टको  कोरोना भाईरसका साथै देशमा लगातार भैरहेको निषेधाज्ञाको कारण विभिन्न समस्या परेको भन्दै महासंघले श्रममन्त्री श्रीवास्तवलाई छ बुंदे ध्यानाकर्षण पत्र वुझाएको हो ।

ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै अध्यक्ष गौतमले प्रत्येकआर्थिक वर्षको अन्त्यमा संस्था नवीकरण गर्दा लिईने दस्तुर मिनाहा गरी दिन श्रममन्त्रीसंग माग गरेका छन् । कर चुक्ता, कम्पनी अध्याधिक जस्ता कागजात नभएको अवस्था तथा भौतिक उपस्थितिबिना नै नोटरी नगरीकन अनलाईनवाटै संस्था नविकरण गरीदिनु पर्ने व्यवस्था गर्न महासंघले माग गरेको छ । 

विगतमा महासंघले नयाँ  पाठ्यक्रम कार्यान्वयन पुर्व आधारभूत कुरा पुरा गर्नु पर्ने भनेर श्रम समिती, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार वोर्ड समक्ष वुझाएको पत्रको कुनै सुनुवाई नभएको भन्दै महासंघका अध्यक्ष गौतमले श्रममन्त्रीको ध्यानाकर्षण गराएका छन् । अघिल्लो वर्ष श्रम समितीले समेत सहजीकरण गर्ने निर्देशन दिएता पनि श्रम मन्त्रालयले ५ लाख धरौटी र नवीकरण दस्तुर १० हजार लिन बाध्य वनाएको स्मरण गराउदै सोही निर्देशनको आधारमा आफै श्रममन्त्री हुँदा कार्यान्वयन गर्न अध्यक्ष गौतमले अनुरोध गरेका छन् ।

सोही अवसरमा महासंघका महासचिव लक्ष्मी प्रसाद लामीछानेले विगत १८ वर्षदेखी एउटै मुल्यमा तालिम संचालन गर्नुपर्ने वाध्यताले पनि तालिमको गुणस्तर सोचे जति हुन नसकेको बताउंदै  व्यवसायीको समस्या जहाँको त्यही राखेर ल्याइएको नयाँ कार्यविधी र लागू गरिएको पाठ्यक्रमले आर्थिकभार र कार्यभार मात्र बढाएकोले नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न समस्या आएको वताए  । 

उक्त ध्यानाकर्षण पत्र र हाल व्यवसायीले भोगिरहेको समस्याको सन्दर्भमा मन्त्री श्रीवास्तवले छ वटा बुंदा मध्ये ५ वटा बुँदा तत्कालसम्बोधन गर्ने र बाँकी १ नं को बुँदाको नवीकरण दस्तुर घटाउन तत्काल संभावना नभएको तर पनि कोशिस गर्ने बताएको अध्यक्ष गौतमले जानकारी दिए । सोही क्रममा मन्त्री श्रीवास्तवले सवै स्टेकहोल्डरको समस्या मध्येनजर गर्दै सबै मिलेर काम गर्ने आश्वासन दिदै मन्त्रालय तथा सवै निकायलाई सहयोग गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

महासंघमा आवद्ध भएका १ सय ४२ संस्था हाल देशका ५ वटा प्रदेशमा संचालन भएका छन् भने यस क्षेत्रबाट २ हजार भन्दा धेरैले रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक