2026-10-16 09:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘श्रम रोजगार पत्रकारिता पुरस्कार’ स्थापना, पुरस्कारका लागि असार ३१ गतेसम्म आवेदन दिन पाइने

असार १, काठमाडौँ । श्रम आप्रवासनका क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यले श्रम रोजगार पत्रकार समूहले ‘श्रम रोजगार पत्रकारिता पुरस्कार’को स्थापना गरेको छ । अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ)को साझेदारीमा पुरस्कारको स्थापना गरिएको समूहका अध्यक्ष सुनिल न्यौपानेले जानकारी दिए ।

२०७७ पुस १७ देखि यही असार ३० गतेसम्म प्रकाशित, प्रशारित समाचार सामग्रीमध्येबाट उत्कृष्ट तीनवटा सामग्रीलाई पुस्कृत गरिने उनले बताए । प्रथम पुरस्कार स्वरूप नगद रु ३० हजार तथा प्रमाणपत्र, दोश्रो हुनेलाई नगद रु २० हजारसहित प्रमाणपत्र तथा तेश्रो हुनेलाई नगद रु १० हजारसहित प्रमाणपत्र प्रदान गरिने समुहले जनाएको छ ।

सो प्रतिस्पर्धामा सहभागी हुन ईच्छुक श्रम रोजगार विधामा क्रियाशील सञ्चारकर्मीले तोकिएको समयभित्र कुनैपनि सार्वजनिक सञ्चारमाध्यम (पत्रिपत्रिका/अनलाइन/रेडियो/टिभी)मा नेपाली वा अङ्ग्रेजी भाषामा प्रकाशित वा प्रशारित सामग्री समूहको ललितपुर महानगरपालिका–१० स्थित कार्यालय र समूहको इमेल  [email protected] मा पठाउनु पर्नेछ । उक्त सामग्री यही असार ३१ गते अपराह्न ५ बजेभित्र पठाइसक्नुपर्ने समूहले जनाएको छ । तोकिएको समयावधिपश्चात प्राप्त हुने आवेदनलाई मान्यता नदिइने जनाइएको छ ।

पुरस्कारका लागि प्राप्त सामग्रीको मूल्याङ्कनका लागि तीन सदस्यीय एक छुट्टै स्वतन्त्र निर्णयक समिति गठन गरिने र सो समितिमा श्रम आप्रवासनसम्बन्धी विज्ञ, वरिष्ठ सञ्चारकर्मीलगायत संलग्न रहने अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । नेपाल वा विश्वको जुनसुकै मुलुकमा कार्यरत नेपाली सञ्चारकर्मी यस प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् । पुरस्कारका लागि प्रतिस्पर्धामा संलग्न गरिएको सामग्री मौलिक, खोज तथा अनुसन्धानमूलक, विश्लेषणात्मक र सिर्जनशील ढंगबाट प्रस्तुत गरिएको हुनुपर्ने समूहले जनाएको छ । 

वैदेशिक रोजगारको क्षेत्रमा विद्यमान समस्याको गहन विश्लेषण तथा समस्या समाधानको उपायसमेत समेटिएको सामग्रीलाई प्राथमिकता दिइने, यस्ता सामग्री प्राथमिक श्रोतमार्फत संकलन गरिएका सूचना, जानकारीमा आधारित हुनुपर्ने, कुनै प्रकाशित, प्रशारित सामग्रीलाई द्वितीय श्रोतको रूपमा सामग्रीमा प्रयोग गरिएको खण्डमा सोको बारेमा सम्बन्धित सामग्रीमा स्पष्टसँग खुलाइएको हुनुपर्ने मापदण्ड तोकिएको छ । 

उक्त सामग्री नेपालबाट हुने वैदेशिक रोजगारीको विषयमा केन्द्रित हुनुपर्नेछ । सो सामग्रीमा श्रम आप्रवासनको प्रक्रियामा हुने जोखिम र खतरालाई निरुत्साहित गर्ने, न्यायोचित भर्ना प्रक्रिया प्रक्रियाप्रति जागरूकता बढाउने र सुरक्षित श्रम आप्रवासनबाट हुने लाभका विषयवस्तु समेटिएको हुनुपर्ने समूहले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु