2026-10-16 09:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम तथा रोजगार कार्यालय वीरेन्द्रनगरबाट पनि पुन: श्रम स्वीकृति पाइने

असार १, काठमाडौँ । श्रम तथा रोजगार कार्यालय वीरेन्द्रनगर, सुर्खेतले प्रत्येक हप्ताको बुधबारका दिन पुनः श्रम स्वीकृतिको सेवा दिने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै असार ०१ गते देखि लागू हुनेगरी प्रत्येक बुधबार पुनः श्रम स्वीकृति दिने जनाएको छ ।

वैदेशिक रोजगार विभागको जेठ २६ गतेको निर्णय र जिल्ला प्रशासन कार्यालय सुर्खेतसँगको समन्वयमा २०७८ असार ०१ गते देखि लागू हुनेगरी प्रत्येक हप्ताको बुधबारका दिन पुनः श्रम स्वीकृतिको सेवा प्रदान गरिने कार्यालयले जनाएको छ । साथै यो व्यवस्था यसअघि बायोमेट्रिक नभएका सेवाग्राहीहरूका लागि मात्रै भएकाले यस अघि बायोमेट्रिक भएका सेवाग्राहीहरुले कार्यालयमा भौतिक रूपमा उपस्थित नभई अनलाइनबाट नै सेवा प्राप्त गर्नेगरी फाराम भर्नुहुन कार्यालयले अनुरोध गरेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड १९ को तीव्र संक्रमण र जोखिम नियन्त्रणलाई मध्येनजर गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतद्वारा गत बैशाख १४ गते देखि लागू हुनेगरी निषेधाज्ञा जारी भएको थियो । सो पश्च्यात बैशाख १५ देखि श्रम कार्यालयबाट भौतिक रूपमा स्वयम् व्यक्ति उपस्थित भई पुनः श्रम स्वीकृति प्रदान गर्ने कार्य स्थगन गरेको थियो ।

कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरूले तोकिएका स्वास्थ्य मापदण्डहरूको पूर्णरूपले पालना गर्नुपर्ने जनाइको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु