2026-10-16 08:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतार भिसा सेन्टरसँग सात बुँदे समझदारी

असार १०, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारका लागि कतार जाने कामदारको भिसा प्रक्रिया सहज पार्न कतार भिसा सेन्टर (क्यूभीसी) सँग नयाँ समझदारी भएको बताएको छ ।

संघका महासचिव सुजित कुमार श्रेष्ठले बुधबार क्यूभीसी समस्या समाधान सम्बन्धी छलफल भई सात बुँदे सहमति भएको भन्दै अबदेखि हरेक महिनाको २० तारेखदेखि २५ तारेखसम्म बिहान ६ बजेदेखि राति १२ बजेसम्म क्यूभीसी एप्प्वाइन्टमेन्ट प्रणाली खुला रहने र आगामी २ हप्ता भित्र क्यूभीसी एप्वाइन्टमेन्ट स्लट ३ सयबाट बढाएर ४ सय ५० पुर्याउन भिसा सेन्टर तयार भएको बताए ।

आगामी महिनाभित्र क्यूभीसी एप्वाइन्टमेन्ट स्लट बढाएर दैनिक ६ सय ५० सम्म पुर्‍याइने सहमति भएको भन्दै उनले हरेक दिन थप सय जनाको क्यूभीसी गरी प्रत्येक शुक्रबार थप ४ सय जनाको पनि क्यूभीसी गरिने सहमति भएको पनि बताए ।

भिसा एक्सपाएर हुने अवस्थाका कामदारको हकमा भिसा समाप्त हुने मिति र क्यूभीसी एप्वाइन्टमेन्ट स्लट लिएर जुनसुकै दिन क्यूभीसी गर्न सकिने, गत मे महिनाको २ देखि ४ तारेखमा लिएको क्यूभीसी एप्वाइन्टमेन्टहरुको भिसा प्रक्रियालाई टुंगो लगाउन आगामी शुक्रबार ४ सय जनाको क्यूभीसी गरीने सहमति भएको भन्दै महासचिव श्रेष्ठले हालसम्म तयार भएको त्यस सम्बन्धी लिष्ट क्यूभीसीलाई दिइएको बताए । उक्त लिष्ट संघको फेसबुक पेजबाटसमेत डाउनलोड गर्नसक्ने महासचिव श्रेष्ठले बताए ।

क्यूभीसी एप्वाइन्टमेन्ट प्रणालीमा पहुँच पाउन नसकेपछि वैदेशिक रोजगार व्यवसायीहरुले क्यूभीसी सेटिङमा चल्न थालेको गुनासो गरेका थिए । सेन्टरले सीमित व्यवसायीले पहुँच पाउने गरी सेन्टरको अनलाइन प्रणाली खोल्ने र बन्द गर्ने गरिएको आरोप लगाइको थियो ।

कतार जाने कामदारको टाउको दुखाई बन्दै ‘कतार भिसा सेन्टर’, सेटिङ र सिन्डिकेटको आशंका !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु