2026-10-16 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम स्वीकृति सातामा तीन दिन : बायोमेट्रिक नभएका र व्यक्ति स्वयम उपस्थित हुनैपर्नेलाई मात्र

असार १०, काठमाडौं । वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलले सातामा तीन दिन भौतिक रुपमा उपस्थित भई सेवा दिने भएको छ । कार्यालयले एक सूचना जारी गर्दै हाल निषेधाज्ञाको परिवर्तित स्वरुप तथा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै असार १३ देखि न्यून संख्यामा कर्मचारी तथा सेवाग्राही उपस्थित हुनेगरि हरेक आईतबार, मंगलबार र बिहिबार (सार्वजनिक विदा बाहेक) का दिन कार्यालय संचालन हुने जानकारी दिएको हो ।

साथै व्यक्तिगत श्रम स्वीकृति तर्फ यसअघि बायोमेट्रिक भएका र अनलाईनबाटै श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरुलाई अनलाईनबाटै श्रम स्वीकृति प्रदान गरिने व्यवस्था कायमै रहेकोले बायोमेट्रिक नभएका र व्यक्ति स्वयम उपस्थित हुनैपर्ने बाहेक अन्य व्यक्तिहरुलाई भौतिक उपस्थिति मार्फत सेवा प्रदान नगरिने हुँदा कार्यालयमा उपस्थित भई अनावश्यक भिडभाड नगरिदिन कार्यालयले अनुरोध गरेको छ ।

कोभिड १९ संक्रमणको व्यापकताको कारण बैशाख २४ देखि स्थगित गरिएको थियो । सो पश्च्यात भौतिक रुपमा उपस्थित भई प्रदान गरिने श्रम स्वीकृति हरेक आईतबार र बुधबार कार्यालय संचालन गरि सेवा प्रदान गर्दै आएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु