2026-10-16 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूएई उडान जुलाई २१ सम्म रोकियो

असार १३, काठमाडौँ | यूएईले नेपाली उडानलाई जुलाई २१ सम्म रोकेको छ । नेपालमा कोरोना महामारी बढेको कारण युएईले नेपालीलाई युएई प्रवेशमा रोक लगाएको थियो । 

युएई नेपाली कामदारको प्रमुख गन्तव्यमध्ये एक हो । संयुक्त अरब ईमिरेट्स (यूएई)ले नेपाली उडानलाई करिब थप एक महिना रोक्ने भएपछि वैदेशिक रोजगारमा युएई जान चाहेकाहरु प्रभावित भएका छन् । युएईले नेपाल अझै कोरोना संक्रमणको ‘उच्च जोखिम’ रहेको भन्दै यूएईको नागरिक उड्डयन प्राधिकरणले नेपाली उडानलाई लगाएको प्रवेश प्रतिबन्ध आगामी २१ जुलाइसम्म लम्ब्याएको  हो । युएईले नेपालीलाई ७ जुलाइसम्म प्रवेशमा रोक लगाउने निर्णय गरेकोमा उक्त मितिलाई दुई साता लम्ब्याएर जुलाई २१ सम्म सारेको छ । 

यूएईले नेपालीसहित भारतीय, पाकिस्तानी, बंगलादेशी, श्रीलंकाली, कंगोली, युगान्डाली, लाइबेरियाली, नामिबियाली, सिएरालिओनी, जाम्बियाली, भियतनामी, नाइजेरियाली र दक्षिण अफ्रिकी गरी १३ देशका नागरिकलाई जुलाई २१ ( साउन ६ ) सम्म प्रवेश रोकेको छ । तर चार्टर जहाज र कार्गो विमान भने उड्न पाउनेछन् । त्यस्तै दुवै डोज खोप लगाएका नेपालीले भने प्रवेश पाउनेछन् ।

अहिले नेपालबाट युएई एकतर्फी उडान शुरु भएको छ । जसले महामारीका कारण यूएईमा रोकिएका, अलपत्र परेका श्रमिकलाई उद्धार गर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु