Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विदेशबाट फर्कने स्व क्वारेन्टाइनमा बस्ने गरी सिधै आफ्नै घर जान पाउने, तर यस्तो छ मापदण्ड

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १४, काठमाडौँ । विदेशबाट स्वदेश फर्किएकाहरु मापदण्ड पुरा गरेर स्व क्वारेन्टाइनमा बस्ने गरी सिधै आफ्नै घर जान पाउने भएका छन् ।

विदेशबाट फर्किएका मध्ये कोभिड-१९ को विरुद्ध को खोप को मात्रा पूरा गरी खोप लगाएको प्रमाणपत्र प्राप्त गरेका र कोभिड-१९ परीक्षण रिपोर्ट नेगेटिभ भएका हवाई मार्गबाट आएका यात्रुहरु लाई १० दिन स्व क्वारेन्टाइनमा बस्ने गरी सिधै गन्तव्यमा जान दिन सकिने मन्त्रिपरिषदबाट निर्णय गरिएको छ।

तर किरियकाज बस्न पर्ने, अशक्त, जेष्ठ नागरिक(७० वर्ष माथि) र, नाबालक(५ वर्ष मुनि) र सँगै आएका आमा बा, फरक क्षमता भएका, दीर्घ रोगी, बिरामी सँगै आएका कुरुवा बाहेक अन्य को हक मा ७ दिन तोकिएको होटल क्वारेन्टाइन बस्न पर्ने जनाइएको छ ।