2026-10-16 07:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी जाने नेपाली श्रमिकको क्वारेण्टिनको खर्च रोजगारदाताले व्यहोर्नुपर्ने

असार १५, काठमाडौं । साउदी अरबमा रोजगारीका लागि आउने नेपाली श्रमिकको क्वारेण्टिन वापतको रकम रोजगारदाताले व्यहोर्नु पर्ने भएको साउदी अरब स्थित नेपाली दूतावासले जनाएको छ । साउदी अरबमा आउने श्रमिकहरुको संस्थागत क्वारेण्टिनको खर्च सम्वन्धित रोजगारदाताले व्यहोर्ने औपचारिक जानकारी साउदी सरकारबाट प्राप्त भएको दूतावासले जानकारी दिएको छ ।

दूतावासले विज्ञप्ती जारी गर्दै छुट्टीमा घर गएर साउदी फर्किन लागेका नेपाली श्रमिकहरुले संस्थागत क्वारेण्टिनको खर्चका बारेमा आफ्नो रोजगारदातासँग कम्पनीसँग कुरा गर्न अनुरोध गरेको छ । नयाँ आउने श्रमिकहरुको क्वारेण्टिन खर्च पनि रोजगारदाताले नै व्यहोर्ने भएकाले क्वारेण्टिनको नाममा हुनसक्ने सम्भाव्य ठगिबाट बच्न समेत दूतावासले अनुरोध गरेको छ ।

सात दिनको संस्थागत क्वारेण्टिन वापतको करिव ३ हजार ५ सय साउदी रियाल खर्च लाग्ने बुझिएपछि दूतावासले साउदी सरकारसँग नेपाली श्रमिकले संस्थागत क्वारेण्टिनको खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिन अनुरोध गरेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु