२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएनएद्वारा जुम्ल्याहा बच्चासहित अलपत्र परेकी आमाको यूएईबाट उद्दार

२०७८, १६ असार बुधबार ०८:५५

असार १६, काठमाडौँ (रासस)। झण्डै आठ महिनाभन्दा बढी सेल्टरमा रहँदा डोल्मा लामा (नाम परिवर्तन) ले नेपाल फर्कन पाउँछु भनेर सोचेकी पनि थिइनन् । नेपाली भूमिमा टेक्नेबित्तिकै उनले लामो श्वास भरिन् र आँखा टिलपिल पार्दै भनिन्, “सायद एनआरएनए नभएको भए म र मेरा बच्चा विदेशमै अलपत्र पर्ने थियौँ होला । मैलें कल्पना पनि गरेको थिइँन, म र मेरा बच्चाहरु यसरी आज नेपाल फर्कन पाउँछौँ ।  यो सहयोगको लागि एनआरएनएलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।”

फेब्रुअरी ८, २०२० मा त्रिभुवन विमानस्थल हुँदै यूएई गएकी थिईन उनी । उनी सेल्समा काम गर्थिन् । सबैकुरा सोचे अनुरुप नै थियो । तर अचानक डोल्पाको जीवनले फरक मोड लियो । डोल्पाले जसलाई विश्वास गरें उसैले नै धोका दियो । जसोतसो आफूलाई सम्हालेर डोल्मा अघि बढ्दै थिइन् । तर, एकदिन अचानक काममै भएको बेला डोल्मा बिरामी परिन् र उनलाई अस्पताल पुर्याइयो । उपचारका क्रममा डोल्मा गर्भवति भएको थाहा भयो । डोल्मालाई यतिसम्मको बज्रपातको अन्दाज थिएन । उनले बच्चाको बाबुको खोजी नगरेकी होइनन् तर उनको खोज असफल रह्यो । अर्कोतर्फ कम्पनीले उनलाई कामबाट पनि निकालिदियो । उनी न त घर फर्कन सक्थिन्, न त दुबईमा बस्ने आधार थियो ।

अगस्त २०२० मा दुवई अस्पतालमा जुम्ल्याहा बच्चालाई जन्म दिईन् । तर सुत्केरी हुँदा अस्पतालमा लागेको खर्च तिर्ने अवस्था थिएन, डोल्माको । सोही क्रममा उनी गैरआवासीय नेपाली सङ्घको यूएईको सम्पर्कमा आइन् । त्यसपछि सङ्घमार्फत सङ्घको राहत तथा उद्दार कार्यक्रमको टोलीले आवश्यक पहलकदमी लियो । त्यहाँको सरकार र स्वास्थ्य निकायको सहयोगमा उनी सुत्केरी हुँदा अस्पतालमा लागेको ५० हजार दिराम (त्यहाँको रुपैयाँ) समेत मिनाहा भयो । डोल्मा भन्छिन्, “त्यतिबेला निकै कठिन थियो । अस्पतालले आवश्यक कागजपत्र नभएको भन्दै बच्चालाई तीन महिनासम्म अस्पतालमै राखेको थियो, म भने डेरामा बस्नु परेको थियो, सरहरुले ठूलो सहायता गर्नुभयो, नत्र त के पो गर्न सक्थे र म ।”

डोल्माको भिसा सकिसकेको थियो, त्यसैले पनि गैरकानूनी रुपमा बस्न गाह्रो थियो । उनलाई गैर आवासीय नेपाली सङ्घको राहत तथा उद्दार कार्यक्रमअन्तर्गत दुबईको सेल्टरमा राखिएको थियो । त्यसपछि उनलाई नेपाल ल्याउने पहल शुरु गरिएको थियो । नेपालबाट आवश्यक कागजात झिकाई नेपाली दूतावाससँगको समन्वयमा आमा तथा बच्चाको ट्राभल डकुमेन्ट र अन्य प्रक्रिया पूरा गरेर २८ जुन २०२१ का दिन सकुशल स्वदेश फर्काई परिवारका सदस्य (बहिनीको) को जिम्मा लगाइएको छ ।  आमा तथा बच्चालाई काठमाडौंस्थित सङ्घको राहत तथा उद्दार कार्यक्रमका स्वयंसेवकले आवश्यक सहजीकरण तथा सहयोग पुर्याएका थिए । 

यसका लागि उपाध्यक्ष, गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् एवं वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा.बद्री केसीलगायत परिषद्का पदाधिकारीसहित फिल्डमा कार्यरत टोली, काठमाण्डौस्थित कार्यक्रमको टोली तथा राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी लगायतले पहलकदमी लिएका थिए । उनलाई नेपाल ल्याउन आवश्यक कागजी प्रक्रियाका लागि फिल्डमा खटिएका सङ्घको राहत तथा उद्दार कार्यक्रम यूएईका संयोजक प्रविण पोखरेलले भन्नुभयो, “बच्चाको बाबुको कुनै कागजपत्र नहुँदा जन्मदर्ता लगायतका अन्य आवश्यक प्रक्रिया निकै कठिन बनेका थिए, अर्कोतर्फ आमाको पनि भिसा सकिएको रहेछ, त्यसैले सम्पूर्ण कागजात बनाउनै लामो समय लाग्यो र उद्धारमा अलि समय पनि लाग्यो, तर पनि समस्यामा परेका बच्चा र आमाको जीवनरक्षा गर्न पाउँदा खुशी लागेको छ ।”

डोल्मा लामा त एक प्रतिनिधि पात्र मात्र हुन् । विशेष गरेर वैदेशिक रोजगारीमा गएका महिलाहरुले यस्तै पीडा भोगेका कैयौं उदाहरणहरु छन् । बैदेशिक रोजगारमा गएका श्रमिकले बेलैमा सचेत नहुने र सम्बन्धित निकायबाट समयमै आवश्यक समन्वय एवं सहयोगमा कमी भएमा आगामी दिनमा यस्ता समस्याहरु जटिल रुपमा देखा पर्ने निश्चित छ । सङ्घको राहत तथा उद्दार कार्यक्रमले कोेभिड–१९ का कारणले समस्यामा परेका मध्यपूर्वका विभिन्न देश तथा मलेसियामा रहेका झण्डै १९ हजारभन्दा बढी नेपाली श्रमिकलाई सम्बन्धित गन्तब्य देशमा खाना तथा सेल्टरको व्यवस्था, जरिवाना तिरिदिने, हवाई टिकट, पिसिआर परीक्षण, स्वास्थ्य सहयोग तथा नेपाल फर्केपछि सकुशल आ–आफ्नो घर सम्म जानका लागि यातायात खर्च समेत ब्यहोरिएका छ । 

सङ्घले सम्बन्धित देशका दूतावास, सरोकारवाला निकाय तथा नेपालमा सम्बन्धित निकायसँग समन्वय गरी यस प्रकारको मानवीय कार्यमा सहयोग पु–याउँदै आएको बताइएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ