2026-10-16 07:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोली जुलाई १ देखि अन्तर्राष्ट्रिय उडान कसरी हुँदैछन् ? क्वारन्टीनको प्रावधान के छ ?

असार १६, काठमाडौँ | नेपाल सरकारले कोरोना महामारीपछि सिमित सङ्ख्यामा अन्तर्राष्ट्रिय उडानहरु गरिरहेको छ । हाल चार्टर्ड उडान समेत भईरहेकोमा नागरिक उड्डयन मन्त्रालयले आगामी जुलाई १ बाट नियमित उडानहरूलाई मात्र प्राथमिकतामा राखेर उडान हुने जानकारी प्राप्त भएको छ ।

नेपाल बिस्तारै खुकुलो हुँदै गर्दा पछिल्लो समय नेपालमा कोरोनाभाइरसको डेल्टा प्लस भेरिअन्ट देखा परेको भन्दै टर्कीले नेपालसहित सातवटा देशबाट अर्को सूचना नभएसम्मका लागि यात्रीलाई आफ्नो देशमा प्रवेश नदिने जनाएको छ ।

जुलाई १ देखिको उडान तालिका 

जुलाई १ बाट लागु हुने भनिएको उडान तालिकाअनुसार हप्तामा बुधवार र शुक्रवार भारतको दिल्लीका लागि उडान हुनेछ ।

त्यसैगरी आइतवार, सोमवार, बुधवार र शनिवार कतारको दोहाका लागि उडान हुनेछ । त्यसमा नेपाल वायुसेवा निगमले दुईवटा र कतार एअरवेजले दुईवटा उडान भर्नेछन् ।

त्यस्तै संयुक्त अरब एमेरिटेसको दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीनवटा र सारजाह विमानस्थलमा एउटा उडान हुनेछ ।

त्यस्तै साउदी अरेबियाको दमाम विमानस्थलमा हिमालय एअरलाइन्सको दुईवटा उडान हुने र कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा उडान सञ्चालन गरिनेछ । 

ओमानको मस्कटमा एउटा, मलेशियाको क्वालालम्पुरमा साताको तीनवटा र जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा उडान गर्नेछ ।

त्यस्तै टर्कीको इस्तानबुलमा दुईवटा उडान गर्ने योजना सम्बन्धित देशको सरकारको पछिल्लो निर्णयका कारण प्रभावित नहुने बताइएको छ । टर्कीस एअरलाइन्सले जनाएअनुसार यात्रुहरूलाई टर्कीलाई ट्रान्जिटका रूपमा प्रयोग गरी अरू देश जान दिइने भएकाले काठमाडौँ-इस्तानबुल उडान तालिका कायमै रहनेछ ।

हाल पहिलेनै अनुमति पाएका चार्टर्ड उडान भईरहेपनि जुलाई १ देखि चार्टर्ड उडान नभई सबै नियमित उडान तालिकाअन्तर्गत नै रहने प्राधिकरणले जनाएको छ । 

पछिल्लो पटक भएको मन्त्रीपरिषदको निर्णय अनुसार दुवै डोज खोप लगाएकाहरु वा पीसीआर नेगेटिभ प्रमाणित भएको पुष्टि हुने आधिकारिक प्रमाण जनाउने कागजपत्रसहित नेपाल आउने व्यक्तिहरूले अनिवार्य रूपमा घरमा नै १० दिन क्वारन्टीनमा बस्ने सहमतिपछि सोझै घर जान दिइनेछ ।

संशोधित मापदण्डमा आफन्त बितेर अन्तिम संस्कारमा सहभागी हुन आएका व्यक्तिहरू अस्पताल र वडा कार्यालयको सिफारिससहित नेगेटिभ एन्टीजन प्रमाणपत्र भएका व्यक्तिहरू, आधिकारिक सिफारिस सहितका सरकारी कर्मचारी र कूटनीतिक नियोगका अधिकारी लगायतलाई १० दिन घरमा बस्न मिल्नेगरी जान दिइने छ । तोकिएका बाहेक अन्य सबैले भने सात दिनको होटल बुकिङको प्रमाणपत्र प्रस्तुत गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु