2026-10-16 03:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियास्थित कम्पनीद्वारा नेपाली पूर्व-कामदारहरुलाई क्षेतिपूर्ति माग गर्न आव्हान

असार १८, काठमाडौँ | मलेसिया स्थित एक ग्लब्स कम्पनीले आफ्नो कम्पनीमा काम गरेका नेपालीहरुलाई क्षतिपूर्ति माग गर्न आव्हान गरेको छ । मलेसियास्थित हार्तालेगा एनजीसी एसडीएन बिएचडी (Hartalega NGC Sdn, Bhd) ले पूर्व कामदारहरुको क्षेतिपूर्तिको प्रयत्न कार्यक्रम अन्तर्गत यो सूचना जारी गरेको हो । 

नेपालबाट मलेसियाको उक्त कम्पनीमा गएका कामदारहरुले कम्पनीमा जाँदा वा कम्पनीमा काम गर्ने क्रममा कुनै आर्थिक शोषण, जबर्जस्ति काममा लगाएको भए यो कार्यक्रम अन्तर्गत क्षतिपूर्ति दावी गर्न सक्नेछन् । कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ‘हामी कामदारलाई जबर्जस्ति काममा लगाउने र शोषणात्मक अभ्यासबाट मुक्त बनाउने उत्तरदायी कामदार भर्नाप्रति प्रतिबद्ध छौं ।’

कम्पनीको सूचना अनुसार कुनै पनि कामदारलाई कम्पनीले आफूलाई क्षतिपूर्ति दिन पर्छ भन्ने लाग्छ भने सम्बन्धित व्यक्तिले आफ्नो फोनबाट तलको QR कोड स्क्यान गरेर वा यो लिंक https://www.questionpro.com/t/APokuZnBjz मा गई भर्नाको शुल्क फिर्ताको लागि फारम भर्न सक्नेछन् । फारम भरेपछि सम्बन्धि कम्पनीले दावी क्षतिपूर्ति दिन योग्य ठानेमा सम्बन्धित व्यक्तिलाई फारम भरेको १५ कार्य दिन भित्र मोबाइल फोनमा सम्पर्क गर्ने जनाइएको छ । योग्यता नपुगेपनि म्यासेजबाट जानकारी पाइनेछ ।

यो कार्यक्रम अन्तर्गत नेपालबाट वैदेशिक रोजगारमा जाने क्रममा म्यानपावर एजेन्ट, सवएजेन्ट वा दलालहरुले कामदारहरुसँग आर्थिक असुलेको भए उनिहरुले पैसा फिर्ता पाउने छन् । फारम भर्न करिव ८ मिनेट जति लाग्ने जनाइएको छ । फारममा आफ्नो व्यक्तिगत विवरणहरु सजिलै भर्न सकिन्छ । 

मलेसियाका ग्लोब्स कम्पनीहरुले कामदारको समस्यालाई मध्येनजर गर्दै आफ्नो कम्पनीको अडिट गराउने क्रममा यस्ता कार्यक्रम चलाउने गर्छन् । यस्ता कम्पनीमा गएकाहरुले जाने क्रममा म्यानपावरले चर्को लागत लिएका छन् भने क्षतिपूर्ति पाउँछन् । साथै कामदारसँग पैसा अशुली गरेको प्रमाणित भए वा जाने अधिकांश कामदारले गुनाशो गरेको अवस्थामा समेत समिक्षा गरेर सम्बन्धित म्यानपावरलाई अर्को पटक डिमाण्डनै नदिनेसम्मको निर्णय गर्ने गरिन्छ । यस्ता कम्पनीमा कामदार पठाउने म्यानपावरहरुले सकेसम्म एजेन्टहरुको प्रयोग गर्दैनन्, गरेपनि कामदारबाट कुनै पैसा अशुली गर्न पाइदैन । कुनै कामदारसँग पैसा अशुली गरेको छ भने पनि कम्पनीले फिर्ता दिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु