2026-10-16 07:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारी : आगामी डिसेम्बरसम्म नेपालीका लागि ढोका बन्द !

असार २२, काठमाडौं । नेपालीहरुको लागि मलेसिया रोजगारी आगामी डिसेम्बरसम्म नै बन्द हुने देखिएको छ ।  मलेसियामा कोभिड-१९ संक्रमण दर उच्च रुपमा फैलिरहेका कारण आगामी डिसेम्बरसम्म नै नेपालीको लागि मलेसिया रोजगारी बन्द हुने देखिएको मलेसियाका लागि श्रम काउन्शिलर दिपक ढकालले बताए ।

 वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘प्रमुख श्रम गन्तव्य मुलुकहरुले नेपाली कामदार लिने गरेका नयाँ व्यवस्था विषयक’ वेविनार कार्यक्रममा बोल्दै काउन्सिलर ढकालले भने ‘मलेसियामा कोरोना संक्रमण बढ्दै गएको छ, हाल दैनिक ४ हजार भन्दा बढी संक्रमित भेटिएका छन् यस्तो अवस्था जारी रहेमा आगामी डिसेम्बरसम्म नै मलेसियाले नेपाली कामदार लिने अवस्था रहँदैन ।’ 

कोरोना संक्रमण दर नियन्त्रणमा नआएको अवस्थामा मलेसिया सरकारले विदेशी कामदार लिने बारे खासै चासो  नदेखाएको ढकालले बताए । गत वर्ष मार्चबाट नै आजसम्म लकडाउनकै  अवस्था नै रहेकोले त्यसले प्रभाव पारेको उनले बताए । मलेसियामा रहेका कति नेपाली कोरोना संक्रमित भए भनेर मलेसियाले देशगत आकडा नदिने नीति लिएको छ, आजसम्म मलेसियामा रहेका २१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् उनले भने ‘कोरोना खोपलाई मलेसियाले प्राथमिकतामा राखेपनि अपेक्षित रुपमा सबैले खोप प्राप्त गर्न सकेका छैनन् ।’

आगामी दिनमा मलेसिया र नेपालमा कोरना संक्रमण दरको अवस्था के हुन्छ ? त्यसले पनि मलेसियामा नेपालीको लागि नयाँ रोजगारी खुला हुने कि नहुने भन्ने असर गर्छ तरपनि मलेसियामा नेपाली कामदारको लागि माग उच्च रहेको उनको भनाई छ  । साना ठुला रोजगारदाता दुतावासमै पुगेर नेपाली श्रमिक कहिलेबाट लिन सकिन्छ भन्दै जिज्ञासा राख्ने गरेको उनले बताए । यद्यपी मलेसियाले नेपाली सहित विदेशी श्रमिक लिन बन्देज लगाएपनि नेपालले मलेसियामा जान बन्देज लगाएको छैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु