2026-09-25 03:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदी जाने नेपाली कामदारको संस्थागत क्वारेन्टिन खर्च रोजगारदाताले व्यहोर्ने

असार २४, काठमाडौँ । वैदेशिक रोजगारीको लागि साउदी अरब जाने नेपाली कामदार साउदीमा संस्थागत क्वारेन्टिन बस्दाको खर्च सम्बन्धित रोजगारदाताले व्यहोर्ने भएका छन् । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै साउदी श्रम प्रणालीले समेट्ने कामदारहरुको संस्थागत क्वारेन्टिनको खर्च सम्बन्धित रोजगारदाताले र घरेलु कामदारको हकमा सम्बन्धित रिकुटिङ एजेन्सीले व्यहोर्ने व्यवस्था गरिएको जानकारी प्राप्त भएको जनाएको हो ।  

साउदी सरकारले गत मे २०, २०२१ मा सो मिति पछि साउदी अरब प्रवेश गर्ने कोभिड १९ विरुद्धको खोपको मात्रा पुरा नगरेका विदेशी नागरिक साउदीमा अवतरण भएपछि अनिवार्यरुपमा सात दिनको संस्थागत क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू गरेको छ । जस अनुसार साउदी आउने नन् इम्यून विदेशीनागरिकले संस्थागत क्वारेन्टिन वापत लाग्ने खर्च हवाई टिकट लिंदाकै बखत बुझाउनु पर्नेभयो त दिनको संस्थागत क्वारेन्टिन खर्च करिब एक हजार अमेरिकी डलरको हाराहारी हुने जनाइएको छ । जसले गर्दा  छुट्टीमा घर गई साउदी फर्किन लागेका र पहिलो पटक साउदी अरब आउन लागेका नेपाली कामदारहरु समस्यामा पर्दै आएका थिए । 

यसअघि नेपाली राजदूतावास रियादले संस्थागत क्वारेन्टिन वापतको खर्चको भार कामदारलाई पर्न नदिने व्यवस्था गरिदिन अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक