2026-09-25 03:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विदेश जानेलाई जोन्सन एण्ड जोन्सनको खोप दिने निर्णय भएको हो ? के भन्छ मन्त्रालय ?

अनिल अधिकारी | असार ३१, काठमाडौँ | विदेश जाने कामदारलाई जोन्सन एण्ड जोन्सन खोप दिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ । मन्त्रालयको सचिवस्तरबाट वैदेशिक रोजगारीमा जाने कामदारको लागि उक्त कम्पनीको खोप लगाउनको लागि सिसिएमसी तथा स्वास्थ्य मन्त्रालयलाई पत्राचार भएको हो ।

वैदेशिक रोजगारमा जाने युवाहरुलाई जोनसन एण्ड जोनसनको खोप दिन आवश्यक देखिएकोले आवश्यक पत्राचार भएको मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले साझा सबाल मिडियालाई जानकारी दिए । स्वास्थ्य मन्त्रालयले सोमबार अमेरिकाबाट आएको १५ लाख भन्दा बढी डोज जोनसन एण्ड जोनसन खोप ५० देखि ५४ बर्षसम्मका, पूर्ण तथा अति आशाक्त (वर्ग क र ख) अपांगता भएकाहरु तथा हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सफाईकर्मीहरुलाई मात्र दिने निर्णय भएको थियो । 

यसै सम्बन्धमा केहि मिडियामा बिहिबार बिहानै ‘वैदेशिक रोजगारमा जाने कामदारलाई जोन्सन एण्ड जोन्सनको खोप दिने’ भन्दै समाचार आएपनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यस सम्बन्धमा निर्णय गरिसकेको छैन । मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले वैदेशिक रोजगारमा जानेहरुलाई जोनसन एण्ड जोनसनको खोप दिन सम्भव नभएकोले नै भेरोसेलको खोप दिने निर्णय भएको बताए । जोनसनको तुलनामा भेरोसेल खोप लामोसमयसम्म स्टोर गरेर राख्न सकिने र भेरोसेल खोपको नियमित डोजहरु पाउन सक्ने भएकोले स्वास्थ्य मन्त्रालयले यस अघिको निर्णय गरेको पोखरेलले बताए ।

नेपाली कामदारहरु जाने गन्तव्य देशहरुमा सरकारले पहल गरेर भेरोसेल खोपलाई पनि मान्यता दिन पहल हुनुपर्ने डा. पोखरेलको धारणा छ । उनले भने ‘वैदेशिक रोजगार नियमित चलिरहन्छ तर जोनसन एण्ड जोनसन खोप निश्चित समयसम्म मात्र स्टोर गर्न सकिने र अरु डोजहरु आउने/नआउने निश्चित छैन ।’ तत्कालको लागि यो खोप वैदेशिक रोजगारमा जानेहरुलाई दिन सम्भव नदेखिएको पोखरेलले बताए । पोखरेलका अनुसार सरकारले नियमित रुपमा जोनसन एण्ड जोनसन खोप निर्यात गर्न सक्ने हो भने मात्र वैदेशिक रोजगारमा जानेहरुलाई यही खोप दिन सकिने बताए । तत्कालको लागि निश्चित डोज जोनसनकै खोप वैदेशिक रोजगारमा जानेहरुलाई दिनको लागि नयाँ सरकारले थप निर्णय गरेमा दिन सकिने पोखरेलको भनाई छ । 

गत सोमबार वैदेशिक रोजगारमा जानेहरुलाई चीनबाट आएको भेरोसेल खोप दिने भनिएको थियो । स्वास्थ्य मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई खोपको प्राथमिकतामा राख्दै भेरोसेलको खोप दिने निर्णय गरेको थियो । तर त्यसको औचित्यमा प्रश्न उठाईएको छ । दिने भनिएको भेरोसेल खोप सबै गन्तब्य मुलुकमा स्वीकृति नभएको तथा डोज पुरा गरेर वैदेशिक रोजगारमा जान समेत सहज नहुने भन्दै आलोचना भईरहेको छ । यस सम्बन्धमा बिभिन्न मिडिया, सामाजिक संजाल तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ तथा वैदेशिक रोजगार क्षेत्रका विभिन्न संघसस्थाहरुले समेत आवाज उठाएका छन् ।

यस सम्बन्धमा वैदेशिक रोजगार बिभाग, श्रम मन्त्रालयको समेत ध्यानाकर्षण गराइएको छ । यसै सम्बन्धमा गत सोमबारनै साझा सबाल मिडियासँगको अन्तर्वार्तामा वैदेशिक रोजगार बिभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले जोनसन एण्ड जोनसनकै खोप दिन श्रम मन्त्रालय मार्फत पहल भएको बताएका थिए । 

वैदेशिक रोजगारी अन्तर्गत नेपालीको श्रम गन्तव्यमध्ये कतारले जुनसुकै खोपलाई स्वीकृति गर्न सक्ने भएपछि अन्य देशहरु यूएई, बहराइन, साउदी, कुवेत लगायतले निश्चित खोपलाई मात्र मान्यता दिने जनाएका छन् ।

वैदेशिक रोजगारमा जाने नेपालीहरुले सरकारले दिने खोप लगाउनको लागि श्रम स्वीकृत लिएको निस्सा र राहदानीसहित तोकिएको खोप केन्द्र जानुपर्ने मन्त्रालयले जनाएको छ । 

वैदेशिक रोजगार सम्बन्धि पछिल्लो भिडियो हेर्नुहोस्, यसमा बिभिन्न विषयको जानकारी पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक