2026-10-16 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

८५३ म्यानपावरलाई पछि पार्दै एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स एक नम्बरमा

मनोज पराजुली । साउन १, काठमाडौँ । नेपालमा संचालनमा रहेका ८ सय ५३ म्यानपावरलाई पछि पार्दै विदेशमा कामदार पठाउने संख्याको आधारमा एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. लि पहिलो नम्बरमा परेको छ ।

वैदेशिक रोजगार विभागको गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक श्रम स्वीकृति विवरण अनुसार २ हजार ४४७ पुरुष र ४७ महिला गरि कुल २ हजार ४९४ जना कामदार विदेश पठाएर एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. लि म्यानपावरको सूचीमा पहिलो नम्बरमा परेको हो । 

एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. लि पहिलोपटक ८५४ म्यानपावर कम्पनी मध्ये कामदार विदेश पठाएको संख्याको आधारमा एक नम्बरमा परेको हो । २ हजार १७२ जना विदेश पठाएर शान नेपाल प्रा. लि दोश्रो नम्बरमा परेको छ । यी दुई म्यानपावर कम्पनीले उल्लेख्य संख्यामा कतारमा कामदार पठाएर पहिलो र दोश्रोमा परेका हुन् । 

त्यस्तै संख्याका आधारमा तेश्रोमा स्काई स्टार रिक्रुटमेन्ट प्रा. लिले १ हजार ४६२ जना कामदार विदेश पठाएको छ  । एक हजार ४४५ कामदार विदेश पठाएर प्याराडाइज इन्टर्नेशनल प्रा. लि. संख्याका आधारमा चौंथो नम्बरमा परेको छ । पाचौं नम्बरमा रहेको एसओएस म्यानपावर सर्भिसले १ हजार ४२९ र पाचौंमा रहेको भिजन एण्ड भ्यालू ओभरसिज प्रा. लिले १ हजार ३५५ जना कामदार विदेश पठाएका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा पहिलो नम्बरमा रहेको द रिभर ओभरसिज यस पटक सातौँ नम्बरमा पुगेको छ । रिभरले गत वर्ष १ हजार ३१० जना मात्रै विदेश पठाउन सकेको छ । आठौँ नम्बरमा अक्सफोर्ड इन्टर्नेशनल प्रा. लि ले १ हजार २३३, नवौं नम्बरमा रहेको एल समिट म्यानपावर प्रा. लिले १ हजार १३९ र दशौँ नम्बरमा रहेको इन्टर्नेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा. लि. ले ९ सय २० जना मात्रै कामदार विदेश पठाएको छ । कोरोना महामारीका कारण श्रम गन्तव्य मुलुकले कामदार लैजान बन्द गर्दा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत वर्ष उल्लेख मात्रामा घटेको छ । हाल मलेसिया, कुवेत, युएई, दक्षिण कोरिया लगायत देशले नेपाली श्रमिक लैजान बन्द गरेका छन् ।

टिम वर्कका कारण सफलता : दलवीर भण्डारी 

कतारका प्रतिष्ठित कम्पनीहरुसंग राम्रो सम्बन्ध रहेकाले र सोहि कम्पनीबाट यस वर्ष बढी मात्रामा कामदारको माग भएका कारण एक नम्बरमा पर्न सफल भएको एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. लिका संचालक दलवीर भण्डारीले बताए । व्यवस्थापनमा स्नातकोत्तर गरेका ३१ वर्षीय भण्डारी २०६९ सालदेखि वैदेशिक रोजगार क्षेत्रमा म्यानपावरको  कर्मचारी हुँदै हाल म्यानपावर संचालक बनेका हुन् । प्रगतिशील वैदेशिक रोजगार मंचको सचिव समेत रहेका भण्डारी विदेशका राम्रा राम्रा कम्पनीसंगको सुमधुर सम्बन्धका साथै टिम वर्कका कारण सफलता प्राप्त गर्न सकिने बताउँछन् । कम्पनीले कतार बाहेक युएई, साउदी लगायत खाडीका देश र मलेसियामा कामदार पठाउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु