2026-10-16 06:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ करोड धरौटी राख्ने २५१ म्यानपावरले एक जना कामदार पनि विदेश पठाउन सकेनन्

मनोज पराजुली । साउन ३, काठमाडौँ । वैदेशिक रोजगारीमा श्रमिक विदेश पठाउन २ करोड धरौटी राखेर इजाजतपत्र लिएका २ सय ५१ म्यानपावर कम्पनीले एक जना पनि श्रमिक विदेश पठाउन नसकेको पाइएको छ । वैदेशिक रोजगार विभागको गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक श्रम स्वीकृति विवरण अनुसार साल संचालनमा रहेका ८ सय ५४ म्यानपावर कम्पनी मध्ये २ सय ५१ म्यानपावर कम्पनीले गत वर्ष एक जना पनि श्रमिक विदेश पठाउन नसकेका हुन् ।

गत वर्ष २ हजार भन्दा बढी श्रमिक विदेश पठाउने २ म्यानपावर कम्पनी मात्र रहेका छन् । २ हजार ४ सय ४७ पुरुष र ४७ महिला गरि कुल २ हजार ४ सय ९४ जना कामदार विदेश पठाएर एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. लि म्यानपावरको सूचीमा पहिलो नम्बरमा परेको छ । एडभान्स म्यानेजमेन्ट कन्सल्टेन्स प्रा. लि पहिलोपटक ८५४ म्यानपावर कम्पनी मध्ये कामदार विदेश पठाएको संख्याको आधारमा एक नम्बरमा परेको हो । त्यस्तै २ हजार १७२ जना विदेश पठाएर शान नेपाल प्रा. लि दोश्रो नम्बरमा परेको छ । यी दुई म्यानपावर कम्पनीले उल्लेख्य संख्यामा कतारमा कामदार पठाएर पहिलो र दोश्रोमा परेका हुन् । 

११ म्यानपावरले ५ सय कटाए 

गतवर्ष २५ म्यानपावर कम्पनीले १ जना, १५ म्यानपावरले २ जना, १७ म्यानपावरले ३ जना १६ म्यानपावर कम्पनीले ४ जना मात्रै श्रमिक विदेश पठाएका छन् । ४ सय १७ म्यानपावर कम्पनीले १ सय भन्दा कम संख्यामा श्रमिक विदेश पठाउन सकेका छन् । गत वर्ष ११ म्यानपावर कम्पनीले मात्र ५ सय भन्दा बढी संख्यामा श्रमिक विदेश पठाऊन सकेका छन् । त्यस्तै ४ सय २० म्यानपावर कम्पनीले ५ सय भन्दा कम संख्यामा मात्र श्रमिक विदेश पठाउन सकेको विभागको तथ्यांकले देखाएको छ । 

१ हजार कटाउने ९ म्यानपावर कम्पनी मात्रै 

गत वर्ष एक हजार भन्दा बढी श्रमिक विदेश पठाउने म्यानपावर संख्या ९ रहेको छ । संख्याका आधारमा तेश्रोमा स्काई स्टार रिक्रुटमेन्ट प्रा. लिले १ हजार ४६२ जना कामदार विदेश पठाएको छ  । एक हजार ४४५ कामदार विदेश पठाएर प्याराडाइज इन्टर्नेशनल प्रा. लि. संख्याका आधारमा चौंथो नम्बरमा परेको छ । पाचौं नम्बरमा रहेको एसओएस म्यानपावर सर्भिसले १ हजार ४२९ र पाचौंमा रहेको भिजन एण्ड भ्यालू ओभरसिज प्रा. लिले १ हजार ३५५ जना कामदार विदेश पठाएका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा पहिलो नम्बरमा रहेको द रिभर ओभरसिज यस पटक सातौँ नम्बरमा पुगेको छ । रिभरले गत वर्ष १ हजार ३१० जना मात्रै विदेश पठाउन सकेको छ । आठौँ नम्बरमा अक्सफोर्ड इन्टर्नेशनल प्रा. लि ले १ हजार २३३, नवौं नम्बरमा रहेको एल समिट म्यानपावर प्रा. लिले १ हजार १३९ र दशौँ नम्बरमा रहेको इन्टर्नेशनल म्यानपावर रिक्रुटमेन्ट प्रा. लि. ले ९ सय २० जना मात्रै कामदार विदेश पठाएको छ । 

गत वर्ष म्यानपावर कम्पनी मार्फत ५५ हजार ८७९ पुरुष र ५ हजार ५४९ जना महिला गरि कुल ६१ हजार ४२८ जना मात्रै विदेश गएका छन्  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु