2026-10-16 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोभिड पछि ४ लाख ८४ हजार नेपाली स्वदेश फर्किए, कुन देशबाट कति ?

साउन ४, काठमाडौँ । कोभिड १९ को संक्रमण सुरु भएपछि अन्तराष्ट्रिय उडान रोकिएयता विभिन्न मुलुकबाट हालसम्म ४ लाख ८४ हजार ३ सय ९२ जना नेपाली नागरिक स्वदेश फर्केका छन् । कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी) ले साउन ३ गतेसम्ममा विभिन्न मुलुकबाट स्वदेश फर्केकाहरुको तथ्याङ्क सार्वजनिक गर्दै ति नेपाली स्वदेश फर्केको जनाएको हो ।

सिसिएमसीका अनुसार यसबीचमा सवैभन्दा धेरै संयुक्त अरव ईमिरेट्स (युएई) बाट नेपाली नागरिक स्वदेश फर्केका छन् । सो मुलुकबाट यसबीचमा १ लाख ४५ हजार ८ सय ५२ नेपाली स्वदेश फर्केका छन् । यसैगरी कतारबाट १ लाख १५ हजार ४ सय १२ जना नेपाल फर्केका छन् ।

नेपाली श्रमिकको अर्को मुख्य गन्तव्य मुलुक मलेसियाबाट हालसम्ममा ५१ हजार ६९ जना तथा साउदी अरबबाट ४४ हजार ६ सय ७२ जना नेपाली स्वादेश फर्किएका छन् । कोभिड १९ को संक्रमण तिव्र भएर नियमित उडान अवरुद्द भएयता कुवेतबाट २४ हजार ८ सय ९६ जना स्वदेश फर्किएका छन् । टर्की हुँदै १६ हजार ५ सय ३ जना तथा जापानबाट १३ हजार ९ सय २६ जना नेपाल आइपुगेका छन् ।

यसबीचमा भारतबाट ३९ हजार ३ सय १० जना स्वदेश फर्केको सिसिएमसीको तथ्याँक छ । यसैगरी ओमानबाट ६ हजार १ सय ७८ जना नेपाली स्वदेश आइपुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु