2026-09-25 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार छात्रवृत्तिका लागि आवेदन खुल्यो

साउन ११, काठमाडौं | वैदेशिक रोजगार वोर्डले वैदेशिक रोजगार छात्रवृत्ति (शैक्षिक सत्र २०७८) का लागि निवेदन आह्वान गरेको छ । वोर्डको सचिवालयले आज एक सूचना जारी गर्दै वैदेशिक रोजगार छात्रवृत्ति (शैक्षिक सत्र २०७८) का लागि निवेदन आह्वान गरेको हो ।

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधि भित्र मृत्यु भएका वा पूर्णरुपमा असक्त वा गम्भीर विरामी भएका कामदारका बालबालिकालाई वैदेशिक रोजगार छात्रवृत्तिका लागि आफु अध्ययनरत शैक्षिक संस्थामा  २०७८ साल असोज मसान्तभित्र निवेदन दिन सकिने वोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए ।वैदेशिक रोजगार छात्रवृति सञ्चालन कार्यविधि, २०७१ को तोकिए बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने उनले बताए ।

विद्यार्थीले निवेदन पेश गर्ने निकाय

आफू अध्ययनरत शैक्षिक संस्थामा अनुसुचि १ बमोजिमको ढाँचामा

छात्रवृत्तिका लागि निवेदन दिने आधारहरु 

श्रम स्वीकृति लिइ वैदेशिक रोजगारमा गई मृत्यु का अंगभग या विरामी भई वैदेशिक रोजगार वोर्डबाट शत प्रतिशत (१००९) आर्थिक सहायता लिएका कामदारका छोरा छोरी हुनु पर्नेछ ।

सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यालयस्तर पूर्व प्राथमिक कक्षा वा नर्सरी वा सो सरह देखि कक्षा १२ सम्म) का ८ बर्ष मुनिका बालबालिकाहरुले मात्र निवेदन दिन सकोछन्। 

मिति २०७८ श्रावण मसान्तसम्म उपरोक्त अनुसारको आर्थिक सहायता प्राप्त गर्ने कामदारका बालबालिकालाई मात्र शैक्षिक सत्र २०७८ को छात्रवृत्ति उपलब्ध गराइनेछ।

निवेदनसाथ सलग्न गर्नुपर्ने कागजातहरु (हाल सम्म छात्रवृत्ति प्राप्त नगरेकाहरुका लागि)

कामदारको श्रम स्वीकृतिको निस्सा स्टिकर को प्रतिलिपि ।।

निवेदकको सरक्षकको नागरिकताको प्रतिलिपि

वैदेशिक रोजगारमा गई मृत्यु भएका कामदारको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि ।

वोर्डबाट आर्थिक सहायता प्राप्त गरेको प्रमाणित हुने कामदारको राहदानीको प्रतिलिपि र राहदानी नं.

वैदेशिक रोजगारमा गई सोही क्रममा अशक्त भएका कामदारको पूर्णरुपमा अशक्त भएको प्रमाण कागज

विद्यार्थीको जन्म दर्ताको प्रतिलिपि ।

निवेदक, संरक्षक र कामदार बिजको नाता प्रमाणको प्रतिलिपि ।

सम्बन्धित स्थानीय तहको सिफारिस

छात्रवृत्ति प्राप्त गरिरहेका बालवालिकाका लागि

विद्यार्थीको निवेदन

अध्ययनरत विद्यालयको कक्षा खुल्ने सिफारिस पत्र

कामदारको राहदानीको प्रतिलिपि ।

छात्रवृत्तिको सीमा

वार्षिक रुपमा आधारभूत तहका लागि रु ८०००) आठ हजार) र माध्यमिक तहका लागि रु [१२,००० बाद हजार प्रदान गरिने छ ।

एक जना विद्यार्थीलाई एउटा कक्षामा १ पटकका लागि मात्र वार्षिक रुपमा एकमुष्ट वैदेशिक रोजगार छात्रवृत्ति उपलब्ध गराइनेछ ।

विद्यालयको जिम्मेवारी

सम्बन्धित सबै विद्यार्थी तथा अविभावकलाई वैदेशिक रोजगार छात्रवृत्ति सम्बन्धी सूचना प्रवाह गर्ने ।

पेश भएका निवेदन संकलन गरी वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७१ बमोजिम निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरु जाँचबुझ गर्नु पर्नेछ ।

जाँचबुझबाट उपयुक्त ठहर गरेका निवेदनहरु सो कार्यविधिको अनुसूचिको ढाँचामा सिफारिस सहित २०७८ कार्तिक १५ गते भित्र शिक्षा विकास तथा समन्वय इकाइमा पठाउनु पर्नेछ । सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाई मार्फत प्राप्त छात्रवृत्तिको रकम सम्बन्धित सबै विद्यार्थीलाई उपलब्ध गराई सोको जानकारी शिक्षा विकास तथा समन्वय इकाइलाई दिनु पर्नेछ

शिक्षा विकास तथा समन्वय इकाइको जिम्मेवारी

जिल्ला विद्यालयहरुलाइ सो विद्यालयमा अध्ययनरत वैदेशिक रोजगार छात्रवृति सञ्चालन कार्यविधि, २०७१ बमोजिम छात्रवृत्ति पाउने विवरण संकलन गरी इकाइमा पेश गर्न जानकारी गराउने ।

सम्बन्धित विद्यालयबाट सिफरिस सहित प्राप्त हुन आएका निवेदनहरुलाई जाँच गरी कार्यावधिको अनुसुचि (३) मा उल्लेखित विवरण खुल्ने गरी २०७८ मंसिर १५ गते भित्र वैदेशिक रोजगार बोर्डमा पठाउनु पर्ने छ।

बोर्ड सचिवालयबाट शिक्षा तथा मानव श्रोत विकास केन्द्र मार्फत वा सोभ पठाएको छात्रवृति रकम सम्बन्धित विद्यालय मार्फत छात्रवृत्ति प्राप्त गर्न छनौट भएका विद्यार्थीलाई उपलब्ध गराइ सो को भरपाई बोर्ड सचिवलायमा पठाउने व्यवस्था गर्नु पर्नेछ ।

थप जानकारी श्रम कल सेन्टरको टोल फि नं ११४१, वैदेशिक रोजगार बोर्डको फोन नं ०१-५३२०३११,४३३ वेवसाइट: www.fepb.gov.np बाट प्राप्त गर्न सकिने वोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह ग्यास आपूर्ति सहज बनाउन सबै शक्ति लगाइरहेका छौँ : मन्त्री साह राष्ट्रिय सभामा लोक सेवा आयोगकाे वार्षिक प्रतिवेदन पेस एमालेको विशेष सङ्कल्प : कमीकमजोरी सच्याउँदै पार्टी रूपान्तरणमा अघि बढ्ने आदिवासी अपाङ्गता भएका महिला तथा किशोरीको नेतृत्व सुनिश्चित गर्न मन्त्री चौधरीको आग्रह बाढीपहिरोको जोखिमपछि राति पृथ्वी राजमार्ग बन्द, बेलुका ८ देखि बिहान ५ बजेसम्म आवागमन रोक एमालेमा सात नेता स्थायी कमिटी सदस्य मनोनित, विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले प्रधानमन्त्री शाहले भोलि बिहान ४ बजे राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने भारी वर्षाको पूर्वानुमानपछि कुलेखानीमा सतर्कता बढाइयो, तीन स्थानमा साइरन जडान प्रधानमन्त्री राष्ट्रको गौरव प्रतिनिधित्व गर्न जानुभएको हो, ब्रान्डको प्रचार गर्न होइन : सांसद नरबहादुर विष्ट प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित सरकारले असोज ९–११ गते नदीतटीय क्षेत्रका राजमार्ग बन्द गर्ने तयारी गरिरहेको छ : जगदीश खरेल आधाकेजी सुनसहित एकजना भारतीय नागरिक पक्राउ दोहोरो सेवा सुविधा रोक्न कानुन बनाउँदैछौँ : मन्त्री गौतम अविरल वर्षापछि पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध रास्वपा सांसदले शिक्षा र स्वास्थ्य मन्त्रालयसँग मागे एक हप्ताभित्र जवाफ प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड रुपैयाँ मौज्दात कांग्रेसको १५औँ महाधिवेशन : देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक